किन सुदूरपश्चिम सरकारले टिकापुर ब्वास्ता गरो ??

टीकापुर, ९ जेठ । कैलालीको टीकापुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भयो । अस्पतालका भेन्टिलेटर दक्ष जनशक्तिको अभावमा प्रयोग भएनन् । उनलाई महँगो भाडा तिरेर हेलिकप्टरबाट चितवन लगियो । उनको उपचार जारी छ ।अक्सिजनको हाहाकार भइरहेको टीकापुरमा भेन्टिलेटरको सुविधा पनि नभएपछि उपचारका लागि बाहिर लैजाने परेको ती महिलाका आफन्तले बताए । केही दिनअघि टीकापुर अस्पतालमा उपचार गराइरहेका टीकापुर–१ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषका आफन्तले पनि यस्तै पीडा बेहोरे ।

उनले भेन्टिलेटरको खोजी गरी कोहलपुर लैजाने निर्णय गरे । गम्भीर अवस्थाका उनको बाटैमा ज्यान गयो । यहाँ भेन्टिलेटर नभएर बिरामीले सास्ती खेप्नु परेको भने होइन । अस्पतालको सघन उपचार कक्षमा सात थान भेन्टिलेटर छन् । तर, ती प्रयोगमा आएका छैनन् । अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा महामारीमा पनि प्रयोगमा आउन नसकेको हो । कोरोना संक्रमितलाई श्वासप्रश्वासको गम्भीर समस्या हुने भएकाले यतिबेला भेन्टिलेटर प्रयोग निकै आवश्यक पर्ने स्वास्थ्यकर्मी बताउँछन् । ‘एकदमै कम अक्सिजन भएका बिरामीलाई कृत्रिम श्वासको व्यवस्था गर्न भेन्टिलेटर प्रयोग गरिन्छ,’ अस्पताल प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा रेमकुमार राईले भने, ‘भेन्टिलेटर सञ्चालनमा नआउँदा कतिपय बिरामी रेफर …

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button