राष्ट्रिय गिर्जाघर महागुठी ट्रष्ट नेपालको काठमाडौँ जिल्ला  तदर्थ समिति गठन 

काठमाडौँ

आज मिति २०७८ भदौ १४ गते सोमबारकोदीन राष्ट्रिय गिर्जाघर महागुठी ट्रष्ट नेपालको बिशेष समितिको पहलमा काठमाडौका महानगरपालिका र विभिन्न नगरपालिकाहरुका इसाई समुदायहरुको प्रतिनिधिहरुको उपस्थितिमी एक प्रशिक्षण कार्यक्रम भब्यताको साथ सम्पन्ना गरिएको छ।

आराधना र बचन पछि सिधै बिषयबस्तुमा प्रवेश गरेको यस कार्यक्रममा गुठी बिशेषमा जोड दिदै गुठीलाई बाइबलिय अवधारणा, कानुनी अवधारणा र व्यस्थापनको अवाधारणाबाट प्रस्ट्याउदै उपस्थितिहरुसँग गुणस्तरिया अन्तरक्रिया गरिएको हो ।

काठमाण्डौको सातवटा नगरपालिकाहरु (शंखरापुर नगरपालिका, कागेश्वरी तथा मनोहरा नगरपालिका, गोकरनेश्वर नगरपालिका, बूढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका, तार्केश्वर नगरपालिका र नागार्जुन नगरपालिका) र काठमाडौँ महानगरपालिका भित्र लामो समयको सेवासहितको जिम्मेवारीमा रहनु भएको गुरुजनहरुको प्रतिनिधित्वामक उपस्थिति रहेको थियो भने महागुठीको तर्फबाट बिशेष समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सचिब देव श्रेष्ठज्युले संचालन गर्नुभएको यस कार्यक्रम आदरणीय पास्टर साइमोन गुरुङ्ग ज्युले शुरुको प्रार्थना गर्नु भएको थियो भने आराधना अगुवाईमा देवलुक र जेशनले सहयोग गर्नु भएको थियो ।

बचनको सेवा उपध्यक्ष पास्टर आमेन थापा ज्युले गर्नुभएको हो भने गुठीको बाइबलिय अवधारणा सहसंयोजक तथा प्रबक्ता डा. किरण दास ज्युले प्रष्टाउने काम गर्नुभएको हो । केन्द्रिय संयोजक रेभ. पास्टर पदमनाथ पराजुली ज्युले कानुनी अवाधारणा प्रष्टाउनु भएको थियो । त्यस्तै, व्यवस्थापनको बिषयमा सहध्यक्ष रेभ. पा. चन्द्रमान नेपाली ज्युले गर्नु भएको थियो । अन्तरक्रियाको समयमा उपस्थिति हुनुभएका गुरुजनहरुले बिभिन्न जिज्ञासाहरु राख्नु भएका थियो र उक्त बिषयहरुलाई थप प्रष्टाउने काम पनि भएको थियो ।

अन्तमा सबैको सरसल्लाहमा काठमाडौँ जिल्लामा रहेका नगरपालिकाहरु र महानगरपालिकालाई समेट्ने गरि आदरणीय पास्टर रामशरण श्रेष्ठ ज्युको संयोजकत्वमा नौ जना (थप पछि ल्याउने गरि ) सहितको तदर्थ समिति गठन गरिएको छ । यो महागुठीको पहिलो जिल्ला स्तरीय समिति पनि हो।

कार्यक्रम, धन्यवादको शब्द केन्द्रिय सचिब हेम थापा ज्युले राख्नु हुदै नवनियुक्त समितिका पदाधिकारीहरुलाई बधाई दिदै केन्द्रिय सदस्य आदरणीय पास्टर इश्वोरचन्द्र काप्रीको समर्पणको प्रार्थनासँगै अन्त्य भएको थियो!

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button