अब भएन यसरी,यस अन्यायपूर्ण फैसलाकाे डटेर विराेध गराैं र याे फैसला त्रुटीपूर्ण र बदनियतपूर्ण भयाे डा.,जेबी शाह

काठमाडौं

पा.केशव राज आचार्य माथि सार्है अन्याय गर्याे डाेल्पा जिल्ला अदालतले । झुठा आराेप लगाएर, नक्कली मुद्धा बनाएर,आज २ वर्ष कैद र रु २० हजार रुपिया जरिवाना गर्नु भनेकाे पा.केशवराज आचार्य माथि नेपालकाे राज्य सत्ताले घाेर अन्याय गर्नु नै हाे र नेपाली इसाई समुदायमाथि विभेदमूलक दमनकारी रवैया प्रति खेद व्यक्त गर्नुभएको छ। जेबी शाह लामो समयदेखि सामाजिक सेवामा साथै राजनीतिक दलको अध्यक्ष समेत हुनुहुन्छ। यसबाट संसारभरिका हामी नेपाली/गाेरखाली इसाईहरु मर्माहत र पीडित भएका छाैं ।

यसाे हुनुमा मूलत: नेपालकाे “धर्मसम्बन्धी कसुर” भन्ने पक्षपाती कानून,संविधानमा “सनातन धर्म” भन्ने “ओमकार हिन्दू” धर्मलाई काखी च्याप्नु र मूलत: इसाई धार्मिक समुदायलाई समानताकाे काेणबाट पाखा पार्नु,यस्ता कानून बनाउने ठूला सत्तारुढ दलका सांसदहरुकाे र सरकारमा भएकाहरुकाे नेपाली इसाईहरुलाई हेर्ने दृष्टिकाेण-धारणा नै एकदमै नकारात्मक-विभेदकारी भएकाे, झन त्यहिमाथि वर्तमान डाेल्पा जिल्ला अदालतका माननीय न्यायाधीशज्यूकाे नेपाली इसाईहरु प्रति बढी नकारात्मक,घृणायुक्त,बदनियतयुक्त तथा हेपाहापूर्ण हेराई,भावना,मानसिकता र मनाेविज्ञान भएकाे एवं अन्तमा समग्रमा नेपाली इसाईहरुकाे पनि यस विषयमा उदासिनता र बेवास्ता जस्ता साेेंचाई,शैली,बाेली र ब्यवहारहरु रहेकाे आदि प्रमुख कारणहरु हुन् । यस्ताे बेलामा एक नेपाली नागरिक इसाई धर्मगुरुलाई अन्याय-आपत पर्दा,सारा नेपाली इसाईहरु पा.केशव आचार्यकाे पक्षमा जुरुक्क उठेर,प्रार्थनासहित अधिकतम मदत गर्नु पर्नेमा,केहिले उहाँकाे नकारात्मक ढङ्गले विराेध गरेकाे पनि पाईयाे । हाे,दुष्टात्माले हाम्राे जीवनमा परीक्षा ल्याउँछ । अनि त्याे परीक्षामाथि विजय पाउन, ख्रीष्टका एउटै शरीर र बेग्ला-बेग्लै अङ्गहरु भनिने हामी नेपाली इसाईहरु किन यस्ताे अनेकताकाे साेंच,बाेली,शैली,व्यवहार गर्छाैं ? एउटा भाईलाई चाेट लाग्दा,उसकाे चाेट अविलम्ब निकाे पार्नेतिर लाग्नु पर्ने,प्रयत्न गर्नु पर्ने हाेईन र ? उसकाे दु:खमा साथ दिनु पर्ने हाेइन र ? अन्यायमा परेकाेलाई न्याय दिलाउन भरपूर मदत गर्नु पर्ने हाेईन र ? प्रिय हाे ! अब भएन यसरी,यस अन्यायपूर्ण फैसलाकाे डटेर विराेध गराैं र याे फैसला त्रुटीपूर्ण र बदनियतपूर्ण भयाे भनी,अविलम्ब माथिल्लाेस्तरमा कानूनी उपचारकाे लागि सकृय भएर काम गराैं । प्रेम र प्रार्थनासहित हुन-गर्न सक्ने जति सबै उपायहरु अवलम्बन गराैं । आओैं,पा.केशव आचार्यकाे निर्दाेषिता प्रमाणित गराउन,उहाँमाथि लगाईएका झुठा आराेपहरुका आधारमा लगाईएका नक्कली मुद्धाहरु खारेज गर्न-गराउन,उहाँकाे बिना शर्त अविलम्ब रिहा हुन,गर्न-गराउन,उहाँकाे परिवारले बढाे कष्टकासाथ जम्मा गरेर धराैटी राखेकाे ८ लाख ५ हजार रुपिया रकम अविलम्ब फिर्ता पाउन र अब उप्रान्त उहाँलगायत कुनै पनि नेपाली इसाईलाई प्रार्थना गरेकाे,राेगीहरु निकाे पारेकाे,सुसमाचार प्रचार गरेकाे या यस्तै कथित नक्कली-झुठा आराेप लगाई,पक्राऊ नगरियाेस,नथुनियाेस् र मुद्धा नलगाईयाेस् । आओैं,संसारभरिका नेपाली इसाईहरु एक हाेैं र एक जुट हाेओैं ! हामी एकै मन,एकै मताेका भई,पा.केशव आचार्यकाे समग्र र पूर्ण मुक्तिका लागि सशक्त काम गराैं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button