वृद्धआश्रममा पस्यो बाढी , वृद्धवृद्दाहरुको बेहाल 

सुरेन्द्र देउवा सुरी/ सुदुरपश्चिम प्रदेश

महेन्द्रनगर । तराईमा परेको अविरल बर्षाले कंचनपुरको भिनपा ५ मा रहेको वृद्धश्रममा क्षति भएको छ।

महेन्द्रनगर बजार भन्दा पश्चिम एक किलो मिटर मा रहेको महिला तथा वृद्धसेवा केन्द्रमा नालाको पानी आश्रममा पसेको छ, उक्त नालाको पानी आश्रम पस्दा आश्रमका जेस्टनागरिक तथा आश्रममा भएका अन्य बस्तुभाउमा क्षति भएको छ , संचालिका शारदा चन्दका अनुसार ३लाख बराबरको क्षति भएको छ।

पानी आश्रम पस्दा ५ क्वन्टल चामल , ३ क्वन्टल पिठो ,५० किलो चिनी , ३० किलो नुनमा क्षति भएको छ , यस्तै आश्रममा पालेका कुखुरामा क्षति भएको छ भने २ वटा ई रिक्सा पानी डुबेको संचालिका चन्द ले बताईन ।

अहिले आश्रमका वृद्धहरुलाई आश्रमकै मल्लोतला मा राखिएको जानकारी दिइन र सम्पुर्ण आदरणीय मनकारी शुभचिन्तक ज्यु लाई सहयोगको लागि उनले आग्रह गरेकी छिन। बाढी ले गर्दा वृद्धआश्रममा यस्तो बिपत्ति परेको बेला कंचनपुरको जिल्ला प्रशासन ,स्थानीय सरकार र प्रहरी चाहिँ बेखबर रहेको संचालिका चन्दले बताईन स्थानिय को सहयोगमा हिजो दिन भर आश्रममा मा उद्दारको काम भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button