दिल्लीमा एउटै बटालियनका १२२ प्रहरी जवानलाई कोरोना संक्रमण

एजेन्सी । भारतीय राजधानी दिल्लीमा २ हप्ताभित्र १२२ जना प्रहरी जवानमा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यहाँको केन्द्रीय पुलिस रिजर्भ फोर्स (सिआरपीएफ) का १२२ जवानमा कोरोना संक्रमण पुष्टि भएको समाचार एजेन्सी पिटीआईलाई उदृत गर्दैै बीबीसीले जनाएको छ ।

अरु थप १०० जवानको रिपार्ट आउन बाँकी रहेको जनाइएको छ । सिआरपीएफको ३१ बटालियन क्याम्पमा त्यति धेरै संक्रमितहरु पुष्टि भएका हुन् । उक्त बटालियन दिल्लीको मयुर बिहार फेज ३ मा अवस्थित छ । बटालियनमा पछिल्ला २ दिनयता तिब्र गतिमा संक्रमण फैलिएको छ ।

यो हप्ताको सुरुमा त्यस बटालियनमा कार्यरत ५५ वर्षीय एक प्रहरीको सफदरजंग अस्पतालमा मृत्यु भएको थियो । उनी असामका थिए । शुक्रबार उक्त बटालियनमा १२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । दुई दिन पहिले ४५ जनामा भाइरस संक्रमणको पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयले यो घटनाप्रति चासो लिँदै सीआरफपीका प्रमुखलाई यस्तो अवस्थामा संक्रमण रोक्न नसक्ने तर आफुहरुले संयमता अप्नाएर बस्न आग्रह गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button