मेडिकल को मनपरी कोरना शंका लागेमा टाइफाइड को औषधि अक्सिजन र एन्टिजेन कीट सहयोगका लागि अपिल

मोतिराम चाैधरी/ बसन्त वोकटी

हसुलिया, २३ वैशाख । कैलालीको कैलारी गाउँपालिकास्थित-७ स्थित भुईयाँफाटा र तिघरी गाउँमा समुदायस्तरमा कोरोना फैलिएको छ ।

दुबै गाउँमा धेरै मान्छे बिरामी परेपछि आज कैलारी गाउँपालिकाको स्वास्थ्य शाखाले गाउँका १०० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो । धेरै समस्या भएकाहरुको मात्रै परीक्षण गर्दा परीक्षण गरिएकामध्ये ३९ प्रतिशत व्यक्तिमा संक्रमण पुष्टी भएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

सो गाउँहरुमा समुदायमा संक्रमण फैलिएको र परीक्षणको दायरा बढाए अझ धेरै संक्रमित फेला पर्न सक्ने स्वास्थ्यकर्मी कुसुम चौधरीले जानकारी दिए । गाउँपालिकाको अरु गाउँमा पनि त्यस्तै समस्या रहेको जनाइएको छ । तर, परीक्षण गरिएको छैन । गाउँपालिकाले बैजपुरमा स्थापना गरेको आइसोलेसनमा स्वाब संकलन गर्दै आएको छ । तर, थोरै मान्छेमात्रै स्वाब दिन आउने गरेको स्वास्थ्यकर्मीले जनाएका छन । विभिन्न गाउँमा बिरामी परेकाहरु स्थानीय मेडिकलमा देखाउने गरेकाछन । उनीहरुमा भाइरल ज्वरो र टाइफाइड भन्दै मेडिकल संचालकहरुले जथाभावी एन्टिबायोटिक औषधि चलाइ दिने गरेको जनाइएको छ ।गाउँतिर संक्रमण बढेको देखिएकोले अरु गाउँमा पनि परीक्षण गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र सापकोटाले बताए । रुघाखोकी, ज्वरो, टाउको दुख्ने समस्या भएका बिरामी विभिन्न गाउँमा रहेको खबर आएको उनले जनाए ।यसैबीच, बैजपुरमा रहेको आइसोलेसनमा अक्सिजन सिलिन्डर नहुदा समस्या भएको छ । अक्सिजनको व्यवस्था नभएकाकारण अक्सिजन दिनु पर्ने बिरामीलाई धनगढीतिर पठाउनु पर्ने बाध्यता रहेको छ । यस्तै, एन्टिजेन कीट अभावले पनि गाउँमा परीक्षण गर्न समस्या भइरहेको जनाइएको छ । सो गाउँपालिकाले अक्सिजन र एन्टिजेन कीट सहयोगका लागि याचना गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button