सुदूरपश्चिम मेडिकल कलेजमा अक्सिजन ग्यास र जनशक्ती व्यवस्थापनमा ढिलाइ हुँदा सेवा सुरुवात गर्न सकीयन।।

मोतीराम चैाधरी / भुबन भट्ट धनगढी, २६बैशाख

कैलालीको गेटा मेडिकल कलेजमा आईसोलेसन बनाउने काम सकिए पनि अन्य कुराहरुको व्यवस्थापन हुन नसक्दा संञ्चालनमा आउन सकेको छैन ।

कोरोनाका बिरामीको उपचारको लागि निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा आइसोलेसन निर्माणको काम सकिए पनि अक्सिजन र जनशक्तीको व्यवस्थापन गर्न नसकिएको हो ।मेडिकल कलेजको भवनमा विद्युत, खानेपानी, शैय्या लगायत सबै संरचना बनाउने काम सकिएको छ । तर सञ्चालनमा ल्याउन भने कठिनाई देखिएको छ ।जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी मातहत रहने गरी सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा आइसोलेसन निर्माण गरिएको हो । तर अक्सिजन ग्यास र जनशक्ती व्यवस्थापनमा ढिलाइ हुँदा सेवा सुरुवात गर्न नसकिएको बताईएको छ ।

 

एक्सन ओरियन्टेट कमिटीका संयोजक समेत रहेका धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले अक्सिजन र जनशक्ति व्यवस्थापनको कार्य भईरहेको भन्दै जति सक्दो चाँडो सेवा सुरु गर्ने गरी लागिएको बताए ।ग्यासको व्यवस्थापन इन्डोर सिस्टमबाट गरिरहेका छौं । गेटाको लागि ३ सय सिलिण्डरको व्यवस्थापन भइरहेको छ ।’ मेयर वडले भने– ‘खाली सिलिण्डर नभएर केही समस्या भएको छ । खाली सिलिण्डर कसैसँग भए बुझाउन समेत अनुरोध गर्दछु । सिलिण्डर उपलब्ध गराउनेलाई उचित सम्मान पनि गर्नेछौं ।’

सुरुवाती अवस्थामा एक सय शैय्याबाट आइसोलेसन सञ्चालन गरिने भएको छ । त्यसपछि ५ सयदेखि २ हजार शैय्यासम्म विस्तार गरिने योजना बनाईएको छ ।तत्काल एयर लिफ्ट गरेर अक्सिजन पठाउन माग

सेती प्रादेशिक अस्पतालले अक्सिजनको अभावमा कोरोना संक्रमितको उपचार अत्यन्त कठिन भएको जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई तत्काल एयर लिफ्ट गरेर अक्सिजन पठाउन आग्रह गरेको छ ।

कोरोना संक्रमण भयावह रुपमा फैलिएको बताउदै अस्पतालले तत्काल अक्सिजन उपलब्ध नभए स्थिति भयावह हुने समेत स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको छ ।सेती प्रादेशिक अस्पतालका मेसु डा. हेमराज पाण्डेयले आज बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संक्रमितहरुको ज्यान जोगाउन तत्काल एयर लिफ्ट गरेर अक्सिजन पठाउन पत्र पठाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button