शव दहनबारे बाइबलले के भन्छ ??

शव दहनबारे बाइबलले के भन्छ ?

बाइबलको जवाफ…….

मृत व्यक्‍तिको शवलाई जलाउनुपर्छ कि गाड्‌नुपर्छ, त्यसबारे बाइबलमा कुनै खास निर्देशन वा आज्ञा दिइएको छैन। त्यसैले शव दहन गर्ने अर्थात्‌ जलाउने विषयमा बाइबलले तोकेरै केही बताउँदैन।

तैपनी जलाउने कि गाड्ने भन्ने बिषयमा आआफ्नो धाराणा राख्दै दुई मत प्रकट गर्दैछन ।

तर बाइबलमा परमेश्‍वरका वफादार सेवकहरूले आफ्ना प्रियजनहरूको शव गाडेको विवरणहरू पाइन्छ। जस्तै:- अब्राहामले आफ्नी मृत पत्नी साराको लागि चिहान खोज्न निकै मेहनत गरे। उत्पत्ति २३:२-२० सम्म हेर्न पढ्न सकिन्छ । प्रसंग हो हिजो नेपाली इसाई जगतका एक हस्ती, सबैका आदरणीय पास्टर रोबर्ट कार्थक गुरूबा ९६ वर्षको उमेरमा आज प्रभुमा उठाइनुभएको छ । यसरी, कहिल्यै नमेटिने एउटा सुनौलो इतिहासले आज विश्राम लिनुभएको थियो। उहाँ लाइ अपमानित तरीका ले जलायको आरोप सामाजिक सञ्जाल मा प्ररस्ससतै  पाउन सकिन्छ।

बाइबलमा परमेश्‍वरका वफादार सेवकहरूले मानव अस्थिहरू दहन गरेको उदाहरणहरू पनि छन्‌। जस्तै: साउल र तिनका तीन जना छोराहरू युद्धमा मारिएपछि सुरुमा तिनीहरूको शव शत्रुको इलाकामै अलपत्र छाडिएका थिए। तिनीहरूको लासलाई तह लगाउने कुनै उचित बन्दोबस्त गरिएको थिएन। तर पछि वफादार इस्राएली योद्धाहरूले साउल र तिनका छोराहरूका शव ल्याए र दहन गरे अनि त्यसको खरानीलाई चाहिँ गाडे। (१ समुएल ३१:८-१३ पढ्न सकिन्छ । यसरी अन्तिम संस्कार गर्नु स्वीकार्य थियो भनेर बाइबलले सङ्‌केत गर्छ।२ समुएल २:- ४ मा हामी हेर्न पढ्न सक्छौँ ।

#गलत धारणा:-

 

#तथ्य :- मानिस मरेपछि ऊ माटोमा मिल्छ भनेर बाइबल बताउँछ। अनि यो वास्तविक कुरा हो किनकि लास कुहिएपछि त्यो माटैमा मिल्छ। (उत्पत्ति ३:- १९) पढ्न सक्नु हुन्छ । फरक यति मात्र हो कि शव दहन गर्दा यो प्रक्रिया छिटो हुन्छ किनकि शव दहन गरिसकेपछि त्यो तुरुन्तै खरानी वा धूलो बन्छ।

#बाइबलकालीन समयमा परमेश्वरलाइ मन नपर्ने मानिसहरूको लासलाई मात्र जलाइन्थ्यो ? ।

 

#तथ्य:- परमेश्‍वरलाई धोका दिने मानिसहरू, जस्तै आकान र तिनको परिवारको लास जलाइएको थियो । (यहोसु ७:२५) पढ्न सक्नु हुन्छ । तर यो कुनै नियम थिएन मात्र समय परिस्थिती थियो ( किनकि माथि उल्लेख गरिएझैँ परमेश्‍वरका केही वफादार सेवकको समेत लास जलाइएको थियो। जस्तै , राजा साउलको छोरा जोनाथनको।

 

#गलत धारणा :- परमेश्‍वरले मरेपछि दहन गरिएको व्यक्‍तिलाई मृत्युबाट फेरि ब्युँताएर जीवित पार्न सक्नुहुन्‍न।

 

#तथ्य :- परमेश्‍वरले मरेका सबैलाई जीवित पार्न सक्नुहुन्छ, चाहे उसको लास गाडिएको होस्‌ वा जलाइएको, समुद्रमा डुबेको होस्‌ वा जङ्‌गली जनावरले आफ्नो शिकार बनाएको होस्‌ । (प्रकाश २०:१३) यश बचनलाइ राम्रो संग पढ्नु होला । मृतकलाई नयाँ शरीर दिएर फेरि जीवित पार्नु सर्वशक्‍तिमान्‌ परमेश्‍वरका लागि कुनै गाह्रो काम होइन। १ कोरिन्थी १५:- ३५- ३८ सम्म राम्रो संग अध्यन गर्नुस , प्रष्ट भन्नू भयको छ अहिले भौतिक शरीर हाम्रो कुनै पनि हुंने छैन ।

 

धेरैजसो स्थानीय चलनमा भर पर्छ जस्तै येशु ख्रिष्ट्को दफनकै कुरालाई हेरौँ । ( यूहन्ना १९:- ४० यसरी तिनीहरूले येशूको शरीर यहूदीहरूको दफन-कार्यको रीतिअनुसार सुगन्‍धित द्रव्‍यसँग सूती कपड़ामा बाँधे ।।।

यता भनियको छ उदाहरणको लागि, प्राचीन समयमा मानिसहरूले त्यतिबेलाको चलनहरूअनुसारै लास गाड्‌थे।

#बाइबलले संसारका अख्तियारवालाहरूको अधीनमा बस्न प्रोत्साहन दिएको छ । (रोमी १३:१ मा यसरी लेखियको छ।

हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्‌, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।

कुनै-कुनै मुलुकमा लासलाई के गर्नुपर्छ भनेर सरकारले नै नियम बनाइदिएको हुन्छ। उदाहरणको लागि, कुनै-कुनै मुलुकमा शव दहनपछि खरानीलाई कहाँ विस्थापित गर्नु हुँदैन, त्यसबारे सरकारले नियम तोकेको हुन्छ।

अरूको भावना , बाइबलले हामीलाई अरूको भावनाको ख्याल राख्न प्रोत्साहन दिएको छ। ( फिलिप्पी २:- ४ यसरी लेखियको छ । तिमीहरू हरेकले आफ्‍नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर । संसारको रिति अनुसार शवलाइ जसरी ब्यस्थापन गरे पनि , आखिर प्रभुले उठाउने भौतिक शरीर होइन क्यारे , नत्र विभिन्न घटनामा मृत्यु भयका हरुको कसरी जिबित पार्नु हुन्छ र ?

बाइबलमा शवको ब्यवस्थापन प्राय समय र परिस्थिती अनुसार गरेको पाइन्छ । र आजको समय काल खण्डमा हामी पनि त्यही गर्नुनै उपयुक्त हुन्छ । मृत्यु भैसकेको शबलाई सन्सारको रिति थिती अनुसार मात्र हो त्यस्को सिँगार पटार गरि देखाउने , किनकी मृत्यु भैसकेको ब्यक्तिले नत सुन्न सक्छ नत , कुनै पनि बिषयको न्यायनै गर्न सक्छ । जहाँ यसरी लेखियको छ । #उपदेशक ९ :-५ किनभने हामीहरू मर्नेछौं भनी जीवितहरूले जान्‍दछन्‌, तर मरेकाहरूले त केही पनि जान्‍दैनन्‌। तिनीहरूका निम्‍ति केही प्रतिफल हुँदैन। तिनीहरूको सम्‍झना पनि लोप हुन्‍छ ।

कसैलाइ चित्त बुज्ला या नबुज्ला यो आफ्नो आफ्नो बिषय रहला , जुन कुरा बाइबल बताउंछ त्यही लेखेको हुँ , कसैको ब्यक्तिगत जिबनमा ठेश पुग्छ भनी , माफ गर्नु होला । चित्त नबुजेको कुरा राख्न सक्नु हुन्छ , म पनि सिक्न र बुज्न आतुर छु !!!!! #जयमसिह !!!!!

#Praisc_tha_lord?? साभारः यलिया

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button