नेपाली काँग्रेस १४ औं महाधिवेशनमा गन्यापधुरा गाउँ कार्य समितिको सचिव पदमा मनोज देउवा विजय

डडेल्धुरा : नेपाली काँग्रेस १४ औं महाधिवेशनमा गन्यापधुरा गाउँ कार्य समितिको सचिव पदमा मनोज देउवा विजय भएका छन् । काँग्रेस सभापति शेर बहादुर देउवाको गृह पालिकामा देउवा काङ्ग्रेसको सचीवमा विजय भएका हुन् ।

शनिवार भएको पालिका अधिवेशनमा २ सचिव पदका लागि प्रतिस्पर्धि मनोज देउवा,रमेश माली र धर्म राज भट्टले ४१/४१ मत पाएपछि गोलाप्रथाबाट पहिलोमा मनोज देउवा,दोस्रोमा रमेश माली निर्वाचित भएका थिए ।

देउवाले मतदान गर्ने सम्पुर्णलाई धन्यवाद दिदै कांग्रेसलाई सशक्त ढंगले अगाडि बढाउन र आइपर्ने चुनौतिहरुको सामना गर्न युवा वर्गको आवश्यकता अनुरुप अगाडि बढने बताए ।

यस्तै अधिवेशनबाट गन्यापधुरा गाउँ कार्य समितिको सभापतिमा इन्द्र कार्की निर्वाचित भएका छन् । प्रतिस्पर्धामा रहेका दल बहादुर भाट पछि पार्दै कार्की गन्यापधुरा काङ्ग्रेसको सभापति पदमा निर्वाचित भएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button