सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिनु भएको छ ।

मोतीराम चैाधरी/भुवन भट्ट धनगढी

धनगढी, जेठ २५ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिनु भएको छ । उहाँले ३० मत पाउनु भएको छ । भने विपक्षमा नौ मत परेको छ ।

उहाँको पक्षमा उहाँकै दल नेकपा माओबादी केन्द्रका १३ र एमालेका १७ परेको हो । नेपाली कांग्रेसका १२ जना तठस्थ रहनु भएको थियो ।

मुख्यमन्त्री भट्टलाई एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षका एमालेका ७ र राजपाका दुई जनाले मत दिएनन् । हाल ५२ सदस्यीय प्रदेश सभामा एमालेका सभामुख सहित २५ जना प्रदेश सभा सदस्य छन । सभामुखले मतदानमा भाग लिनु मएन ।

तीन वर्ष तीन महिना अघि २०७४ मा एमाले र माओवादीका ३९ जना प्रदेश सभाका सदस्य समर्थनमा उहाँ मुख्यमन्त्री बन्नु भएको थियो ।

प्रदेश सभालाई सम्वोधन गर्दे स्थायी सरकारका लागि मुख्यमन्त्री भट्टले विश्वासको मत माग्नु भएको थियो । उहाँले काम गर्ने दौरनमा भएका गल्तीलाई नियत नसम्झन आग्रह पनि गर्नु भएको थियो ।

उहाँले सुदूरपश्चिमको विकास लागि प्रदेशसभामा भएका दलहरु एक भएर अघि बढ्नु पर्ने आवश्यकता रहेको औल्याउनु भएको थियो ।

उहाँलाई एमालेका प्रमुख सचेतक दुर्गाकुमारी विक, नेकपा माओवादीका प्रमुख सचेतक अक्कल रावलले समर्थन गर्ने बताउनु भएको थियो ।

यस्तै नेपाली कांग्रेसका गोविन्द बोहराले आफ्नो दल सरकार परिवर्तनका पक्षमा नरहेको बताउनु भएको थियो । कांग्रेसले मुख्मन्त्रीलाई विश्वासको मत नपुग्ने अवस्थामा पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

सत्ता साझेदार नेकपा (एमाले )को स्थायी समितिले समर्थन फिर्ता लिएको र प्रदेशको संसदीय दलले समर्थन कायम रहेको निर्णय गरेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनु भएको हो ।

हाल ५२ सदस्यीय प्रदेश सभामा एमालेका २५, माओवादीका १३, नेपाली कांग्रेसका १२, राजपाका दुई प्रदेश सभा सदस्य रहेका छन् । ५३ सदस्यीय प्रदेश सभामा एमाले प्रवेश गरेका कारण कार्वाहीमा परेर माओवादीका एक प्रदेश सभा सदस्य रिक्त भएपछि सो संख्या ५२ भएको हो ।

अध्यक्ष ओलीको अध्यक्षतामा बसेको स्थायी समितिको बैठकले मुख्यमन्त्री भट्टलाई दिएको सर्मथन फिर्ता लिएर मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

तर संसदीय दलका नेता प्रकाशबहादुर शाहले आफू मन्त्रीमा कायम रहँदै थप छ जनालाई सरकारमा पठाएका थिए । यसैवीच केन्द्रीय सदस्य समेत रहेका दलका नेता शाहलाई अध्यक्ष ओलीले स्पष्टीकरण सोध्नु भएको छ । शाहले पनि त्यसको जवाफ पठाइ सक्नु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button