फाइभ जी इन्टरनेट सगरमाथाको शिखरमा पुग्यो

काठमाडौं । चिनियाँ कम्पनी चाइना मोबाइल र हुवावेले विश्वको सर्वोच्च शिखर सगरमाथामा फाइभ जी इन्टरनेट पुर्‍याएका छन् ।

सगरमाथाको तिब्बतर्फको पाखोमा पर्ने ६ हजार ५ सय मिटरको उचाइमा चाइना मोबाइल र हुवावे कम्पनीले फाइभ जी इन्टरनेटको बेस स्टेसन निर्माण गरेका हुन् । जुन विश्वको सबैभन्दा अग्लो स्थानको फाइभ जी स्टेसन हो । ६ हजार ५ सय मिटरको उचाइमा गिगाबिट अप्टिकल फाइबर नेटवर्क पुर्‍याएसँगै अब चाइना मोबाइलले सगरमाथासम्मै आफ्नो डुअल गिगाबिट नेटवर्क सञ्चालन गर्न सक्ने हुवावेले जनाएको छ । चाइना मोबाइलको डुअल गिगाबिट नेटवर्कको आधार स्टेसन ५ हजार ३ सय मिटरको उचाइमा अवस्थित आधारशिविर क्षेत्रमा छ । त्यस्तै ट्रान्जिसन क्याम्प ५ हजार ८ सय मिटरको उचाइमा छ ।

सगरमाथाको उचाइमा पुर्‍याइएको फाइभ जी नेटवर्कको निर्माण तथा सञ्चालनमा दर्जनौं नेटवर्क विज्ञहरु खटिएको र यसले चौबीसै घण्टा अनवरत रुपमा नेटवर्क उपलब्ध हुने हुवावेले जनाएको छ । आधार शिविर क्षेत्रमा फाइभ जी नेटवर्कको डाउनलोड स्पिड १.६६ गिगाबिट्स प्रतिसेकेण्ड र अपलोड स्पिड २१५ मेगाबिट्स प्रतिसेकेण्ड रहेको हुवावेले जनाएको छ । उत्तरी मोहोडाबाट पहिलोपटक सगरमाथा आरोहण भएको ६० वर्ष पुगेको अवसरमा चीनले सगरमाथाको शिखरमा फाइभ जी इन्टरनेट पुर्‍याएको हो । सगरमाथामा फाइभ जी नेटवर्क उपलब्ध हुँदा यसले सगरमाथाको उचाइको सही मापनमा समेत सहयोग पुग्ने हुवावेको भनाइ छ । एजेन्सीको सहयोगमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button