सुदूरपश्चिम सञ्चालनमा आयो सैनिक फिल्ड अस्पताल

बासुदेव भट्ट / धनगढी १९ जेठ

सुदूरपश्चिमको  धनगढीमा नेपाली सेनाले फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ।

नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीको बोराडाँडीमा २५ शय्याको अस्पताल सोमबारदेखि सञ्चालनमा ल्याएको हो। एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले सो अस्पतालको उद्घाटन गरेका हुन्।

अस्पतालबाट सुदूरपश्चिमका ५०/६० हजार जना नेपाली सेनामा कार्यरत कर्मचारी तथा पूर्व कर्मचारीसहित परिवारजनलाई उपचार सेवा दिने डा.पवन भट्ट ले जानकारी गराउनुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button