संचारकर्मी रुपालाई काठमाडौंमा जातका कारण कोठा नदिने घरबेटी पक्राउ

काठमाडौँ ६असार 

नेपालमा जातिय छुवाछुत मुक्त भयो भन्नु र धर्म निरपेक्ष राष्ट्र भयो भन्नु ऐउटै हो, नेपालमा जातका नाममा धर्मका नाममा कहिले सम्म विभेद सहने नेपाली जनतालाई चेतना भया।

यसअघि गत असार ३ गते घरबेटी प्रधानविरुद्ध दलित भएकै कारण कोठा नदिने भनिएपछि सञ्चारकर्मी रुपा सुनारले जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिएकी थिईन् ।

जातका कारण कोठा भाडामा दिने कवुल गरेपछि पनि कोठा भाडामा नदिने घरबेटी पक्राउ परेकी छिन् ।

त्यसबमोजिम कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारले काठमाडौंको बबरमहलस्थितकी घरबेटी महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंहलेजानकारी दिए ।एसएसपी सिंहका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-११ बबरमहलकी ५८ वर्षिया सरस्वती प्रधान रहेकी छिन्।‘उनलाई भर्खरै पक्राउ गरिएको हो, अब जिल्ला अदालतमा लगेर म्याद थप्छौँ अनि अनुसन्धानलाई अगाडी बढाउछौँ,’ एसएसपी सिंहले भने।प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो।

नेपालमा जातिय छुवाछुत मुक्त भयो भन्नु र धर्म निरपेक्ष राष्ट्र भयो भन्नु ऐउटै हो, नेपालमा जातका नाममा धर्मका नाममा कहिले सम्म विभेद सहने नेपाली जनतालाई चेतना भया।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button