कोभिड खोप अभियानमा सक्रिय अस्मिता बलात्कार भएर हत्या गरिएको हुन सक्छ – वडा अध्यक्ष बोहरा

सुरेन्द्र देउवा सुरी /सुदुर पश्चिम प्रदेश 

डडेल्धुरा – डडेल्धुरामा मृत फेला परेकी अस्मिता धामी को घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ ।शनिबार परशुराम नगरपालिका-८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी मृत भेटिएको घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको हो ।असार २ गते जमरानी स्वास्थ्य केन्द्रकी कार्यालय सहयोगी अस्मिता धामी जोगबुढा अस्पताल गइन् । साँझ फर्किनुपर्ने मान्छे नआएपछि उनको परिवार चिन्तित भए। उनीहरुले अस्मितालाई फोन गरे तर फोन ‘स्विच अफ’ आयो। तर अस्मिता दिनहुँ घरबाटै कार्यालय आउने भएपनि कोभिड 19 को खोप लगाउने अभियानका कारण एकदिन कार्यालय नजिकैको आफन्तको घरमा बस्ने र दोस्रो दिन छोरीका लागि भएपनि घर पुग्ने गर्थिन्। सोही कारण उनी आफन्तको घरमा बसिन कि भन्ने लागेर परिवारले त्यो दिन खासै मतलब गरेन्। त्यसपछि हराएको आशंका गर्दै असार ४ गते स्थानीय सोधी-खोजीमा निस्किए । जोगबुढादेखि जमरानीसम्मको बाटोमा १०/१५ जनाको टोली बनाएर खोजियो । तर उनको अत्तोपत्तो भएन । दोसो दिन असार ५ गते १५० जना भन्दा बढीको टोलीले पुरै जंगल हुँदै सबै बाटातिर खोजतलास गर्न थाले ।

सोही क्रममा बिहान १०ः३० बजेतिर हट्वानी सामुदायिक वनको बाटोबाट ५० मिटर पर उनको शव फेला पर्यो। वडा अध्यक्ष गोविन्द बोहराका अनुसार शवभन्दा वरै उनको एउटा चप्पल भेटिएको थियो। मुखको मास्क फालिएको, नजिकै उनले बोकेको कोरोना खोपको क्यारियर थियो। घटनास्थलसम्म उनीलाई जबरजस्ती घिसालेर लगेको छाप त्यहाँ देखीएको थियो । उनको नाकको डाँडी भाचिएको जस्तो देखिन्थ्यो। ‘शरीरभरी निलडाम र हातका चुरा पनि फुटेका थिए’ वडाअध्यक्ष गोविन्द बोहराले भने, ‘शव नजिकै एउटा ‘ब्लू डायमन्ड’(रक्सीको नाम)को खालि बोत्तल पनि फेला परेको थियो। त्यसैले उनीमाथि बलात्कार भएर हत्या गरिएको हो कि भन्ने हाम्रो आशंका छ।’ अहिले अस्मितको शवको जोगबुडा अस्पतालमा परीक्षण भइरहेको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालसहित सरकारी वकिलको टिम समेत जोगबुडा पुगेको छ।प्रहरीले आसपासका क्षेत्रमा घटनामा संग्लग्नको खोजी तलासी पनि शुरु गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button