सुदूरपश्चिममा भारी बर्षा

मोतीराम चाैधरीधनगढी, १८ जेठ 

सुदूरपश्चिम प्रदेश सहित प्रदेश १ र २ मा बिहानै देखि पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि–मनसुनको गतिविधिका कारण यी तीन प्रदेशमा बिहानैदेखि पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।


सुदूरपश्चिमका जिल्लामा मध्यम खालको वर्षा भइरहेको छ भने प्रदेश–१ र २ मा हल्का वर्षा भएको उनले बताए। अहिले कैलाली, कञ्चनपुर लगाएतका जिल्लामा वर्षा भइरहेको पनि मौसमविद् श्रेष्ठले जानकारी दिए ।आज दिनभरि नै वर्षा नभए पनि यी क्षेत्रको मौसम बद्ली रहने उनले बताए । भोलि पनि यी तीन प्रदेशको मौसम यस्तै रहने अनुमान छ ।

 

काठमाण्डौ उपत्यका सहित वाग्मती, गण्डकी प्रदेशका धेरै ठाउँमा भने यतिबेला घाम लागेको छ । यी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली रहने मौसमविद्ले बताएका छन् ।प्रि–मनसुनका कारण काठमाण्डौ उपत्यका लगायत पहाडी क्षेत्रका दिउँसो पछि मेघगर्जन र चट्याङ्गसहित फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन् ।

 

भोलि र पर्सि पनि पहाडी क्षेत्रको मौसम सामान्य बद्ली भइ फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए । उहाँका अनुसार अहिले प्रि-मनसुन बाहेक अन्य प्रणालीको प्रभाव नपरेकाले ठूलो पानी पर्ने सम्भावना भने छैन ।यसैबीच, मौसमविद्ले यसपालि समयमा नै मनसुन भित्रिने बताएका छन् । सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन भित्रने गर्दछ ।

यसपालि जुन १० तारिखकै आसपासमा मनसुन भित्रिने अनुमान रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । मौसमविद्ले यसपालिको मनसुनमा धेरै पानी पर्ने अनुमान गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button