किसानहरुलाई नि:शुल्क रुपमा नर्सरी बितरण

मोतीराम चाैधरी/वसन्त बोगटी सुदूरपश्चिम प्रदेश

सुदुरपश्चिम प्रदेश को क‌ैलालि जिल्ला सब बन डिभिजन कार्यलय बसन्ता द्वारा नि:शुल्करुपमा किसानहरुलाई बन नर्सरी बितरण गरीरहेको छ।

कैलाली जिल्लाको कैलारी गाउपालिका मा अबस्थित सब बन डिभिजन कार्यलय बसन्ता द्वारा बर्षात को उपयुक्त समयमा किसानहरुलाई विभिन्न बन नर्सरी,फल,फुल मसला,अमला,गुमोहर,कल्कि,सिसम लगायत अन्य बिरुवा बितरण गरि रहेको छ।बसन्ता सब बन डिभिजन कार्यलयमा कार्यरत स.ब.र.पदम सिंह कार्कीले भन्नू भयो:- असाढको २०-२२ गते सम्म किसानहरुलाई जो नागरिकता र लालपुर्जाको फोटो कपि ल्याएमा(बुझाए) १००-५०० बोट नर्सरी ,आफ्नो वडाको सिफारिस ल्याएमा ५००बोट भन्दा माथि वा उसको आवश्यकता अनुसार दिने,सामुदायिक बनलाई चाहिएमा समितिको निर्णयको कागजपत्र बुझाएमा आवश्यकता अनुसार दिने र कुनै बन सम्बन्धि फर्म ले माग गरेमा फर्मदर्ता गरेकाे कागजपत्रको कपी बुझाएमा आवश्यक्ता अनुसार दिने र ब्यक्तिगत को हकमा एक जनालाई ५०वटा बोट नर्सरी अफिसमा ईन्ट्री गरेर बन नर्सरी दिने गरेका थियौ भनेर जानकारी गराउनु भयो।

बसन्ता सब बन का कार्कीले अगाडि थपे:-बसन्ता सब बन डिभिजनमा लगभग १लाख ७५ हजार बन नर्सरी छ ।जसमध्ये हामीले आज बिहान(बिहिबार)सम्म २१हजार सम्म बोट बतरण गरि सकेका छौ।जम्मा बन नर्सरी मध्ये सब बन डिभिजनको पनि आफ्नै बोट (नर्सरी )रोप्ने योजना कार्यक्रम भएकोले आज बाट बिरुवा बितरण एक जनालाई २० वटा मात्र दिने गरिरहेका छौ।बसन्ता बन को कार्यक्रम योजना सक्काएर बोटबिरुवा बचेमा फेरि पनि किसानहरुलाई बिरुवा बितरण गर्ने छौ भनेर जानकारी गराउनु भयो।

बिउ (बीयाँ)पचास हजार कैलारी गापा.पचास हजार चुरे संरक्षन,पचहत्तर हजार बीउ बसन्ता सब बन डिभिजनको सहयोग मा बेर्ना तयार पारेको हो।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button