इसाई समाज विराटनगरले कोसी अस्पताल लाइ स्वास्थ्य सामाग्री वितरण
विराटनगर / इसाई समाज विराटनगरले एफजिटी चर्च नेपालको आर्थिक सहयोगमा कोसी अस्पताल विराटनगरलाई कोभिडसँग लड्नका लागि आवश्यक स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको छ ।
अस्पताल परिसरमा समाजले लेबल २ को कम्प्लिट पिपिई सेट २०० थान, १०० मिलिलिटरको सेनिटाइजर ५०० बोतल, सर्जिकल मास्क १६ हजार २०० थान, एक्जामिनेसन ग्लोब्स चार हजार २०० थानलगायत पाँच लाख २५ हजार बराबरको स्वास्थ्य सामग्री अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा सहयोगी चर्चका पास्टर युवराज प्रधानले देशलाई खाँचो परेको बेला कोही चुप लागेर बस्न नसक्ने भन्दै आफ्नो समूहले चर्चमा सङ्कलन भएको भेटी रकम यतिखेर महामारीको सामना गर्नका लागि खर्च गरेको बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेशप्रसाद भट्टराईले इसाई समुदायद्वारा गरिएको यो ठूलो सहायताले केही समयका लागि पिपिईको खाँचो पूरा भएको बताउँदै अक्सिजन सिलिन्डरको भने अझै अभाव रहेको जानकारी दिए । साभारः कोसी अनलाइन