प्रहरीको कार्यालय परिसरमै प्रहरी जवान को सव फेला

धनगढी कैलालीमा सशस्त्र प्रहरी जवान कार्यालय परिसरमै मृत फेला परेका छन । धनगढी उप–महानगरपालिका – १ मा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीमा कार्यरत डडेल्धुरा भागेश्वर गाउँपालिका – १ बस्ने ३१ बर्षीय सशस्त्र प्रहरी जवान हरिष कुमार शाही बुधबार बिहान मृत फेला परेका हुन ।

उनी कार्यालय परिसरको उत्तर पट्टीको कम्पाउण्ड नजिकै पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनाको अनुसन्धान भईरहेको र मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button