३०औ दिक्षान्त समारोह सम्पन्न
उहाँ एक्लैले केही गर्न सक्नु हुन्न हामी सबैले सहयोग गर्नुपर्छ: दिपक मनाङ्गे
काठमाडौं
ललितपुरको जिजस कलेजमा 30औं विद्यार्थी दीक्षान्त समारोह सम्पन्न गरिएको छ कार्यक्रममा हाल गण्डकी प्रदेशका लागि मन्त्री दीपक मनाङेको समेत उपस्थिति रहेको थियो उक्त कार्यक्रममा विभिन्न विद्यार्थीहरूको दीक्षांतती गरिएको थियो कलेजका संस्थापक डा.लोकमणी भण्डारीले सम्पूर्ण विद्यार्थीहरुलाई तीन वर्षको लामो अध्ययन सकाएको मा धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो। सोही कार्यक्रममा डाक्टर चेत बहादुर खरेलले आफ्नो जीवन गवाही बताउनुहुदै नयाँ जीवन पाएको अनुभव बताए राख्नुभएको थियो , यशू ख्रीष्टमा मुक्ति उद्धार अनन्त जीवनका कुरा बताउनुभयो लामो समयदेखि अपाङ्गता जीवन जिइरहेका चेत बहादुर खरेल यशू ख्रीष्टमा चंगाई पाएपछि अहिले बिसौ वर्ष सेवाकाईमा लागिरहनुभएको छ नेपाल लगायत विभिन्न देशहरुमा चंगाईको सेवामा समर्पित डा. खरेल आज अन्तर्राष्ट्रिय वक्ताको रुपमा चिरपरिचित हुनुहुन्छ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशका मन्त्री दिपक मनाङेले अब सबैले भण्डारीलाई सहयोग गर्न आह्वान गर्नुभएको थियो डाक्टर लोकमणी एक्लै लागिरहनुभएको थियो तर एक्लैले केही गर्न सक्नु हुन्न हामी सबैले सहयोग गर्नुपर्छ उहाँ एक असल मित्र हुनुहुन्छ मैले पहिला बुझ्दैन थेँ तर अहिले म त्यो कुरा बुझ्ने भएको छु उहाँ राजनीतिमा पनि दख्खल राख्ने व्यक्ति हुनुहुन्थ्यो तर पनि चर्चको काममा उहाँ निरन्तर लागिरहनु भयो यो कुरा म त्यतिबेला 20-25 वर्ष अगाडि बुझ्दिन थिए तर अहिले उहाँले गरेको कामको हामीले खुलेरै प्रशंसा गर्नुपर्छ ।
डा.भण्डारीले लामोसमयदेखि बाइबलीय शिक्षा मण्डली स्थापनामा लागिराखेको र आगामी दिनमा अझ नेपाललाई शसक्त बनाउन नेपाललाई शैक्षिक रुपमा मदत गर्न लागिरहने कुरा बताउनुभयो। साथै उक्त कार्यक्रममा सहभागी कलेजका प्रधानाध्यापक रवि अधिकारीले सम्पूर्ण उपस्थित लाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।