कैलालीमा एक साता पुन निषेधाज्ञा थप

मोतीराम चैाधरी धनगढी

धनगढी,७ असार । कैलालीमा एक साता पुन निषेधाज्ञा थप गर्ने तयारी भइरहेको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदै छ । सोमबार दिउँसो जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकबाट एक साता निषेधाज्ञा थप गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

अव थप हुने निषेधाज्ञा केहि खुकुलो हुने जनाइएको छ । पसलहरू खोल्ने समय थप गर्ने, अति आवश्यक कार्यालय खोल्न दिने र अन्य कार्यालयको हकमा पनि स्वास्थ्य मापदण्ड अनुसार सुरु गर्ने दिने बिषयमा बैठकमा छलफल हुने बताइएको छ । निजी सवारी साधनलाई जोरबिजोर प्रणाली लगाएर सुरु गर्न दिने बिषयमा पनि बैठकमा छलफल हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । कैलालीमा निषेधाज्ञा थप गर्ने र स्वरूप परिवर्तन हुने उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button