लाइन्स क्लब द्वारा तुल्सी श्रेष्ठ सम्मानित

कृणादेबी राइ / १० माघ काठमाडौं
सामाजसेवी तुल्सी श्रेष्ठ सम्मानित हुनुभएको छ लाइन्स क्लब इन्टरनेसनल अफ ललितपुर माउन्ट एभरेस्ट बाट एक विशेष कार्यक्रमकाबीच सम्मानित हुनुभएको छ। लामो समयदेखि दिएर बाँचौ भन्ने मूल नाराका साथ सामाजिक अभियानमा लामो समय सेवा गर्दै जानुभएका तुलसी श्रेष्ठलाई सम्मान गरिएको हो।
साथै लाइन्स क्लव इन्टरनेशनल अफ माउन्ट एभरेस्टले आफ्ना सदस्यहरूलाई प्रमाणपत्र वितरण र वार्षिक योजना कार्यक्रम सम्पन्न गरेको थियो उक्त कार्यक्रममा प्रमुख अतिथि डिस्टिक चिफ लाइन ज्योति केसी रहनुभएको थियो भने कार्यक्रममा विशिष्ट अथिति एरिया चिफ लाइन तारामान धामी रहनुभएको थियो। प्रमुख अथिति कै.सी ले लाइन्स क्लव को माध्यम बाट सामाजिक सेवामा अग्रसर भुमिका निर्वाह गर्न सबैलाई आह्वान गर्नुभएको थियो भने बिशिस्ट अतिथी लाइन तारामान धामी ले लाइन्स क्लब इन्टरनेसनल एउटा विश्वविद्यालय भएको र यसबाट धेरै कुरा सिक्न सकिने र हाम्रो समाज रूपान्तरणमा रहने कुरा बताउनुभएको थियो।
अन्तमा अतिथिहरुलाई धन्यवाद दिँदै क्लबका अध्यक्ष शंकर दत्त भट्ट ले सामाजिक रुपान्तरण सामाजिक न्याय र समानता को मुल मर्मलाई अगाडि बढेर सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको थियो।