राजनीतिक दलदर्ता गर्न इसाई समुदायको होडबाजी

काठमाडौं
राजनीतिक दलदर्ता गर्न इसाईहरुको होडबाजी चलेको छ। भखरै मात्रै राष्ट्रिय खी्ष्टीयन महासंघका अध्यक्ष सुबी गहतराजले नयाँ पार्टी खोल्ने पत्रकार सम्मेलन मार्फत बताउनुभयो एक दर्जनभन्दा बढी इसाई समुदायबाट पार्टीहरु छन् कति सक्रिय छन् त कति निष्क्रिय रूपमा छन् एकता एकता भन्दाभन्दै ए – कता भनेजस्तै फेरी अर्को नयाँ दल खोल्ने होडबाजी इसाई समुदाय भित्र चलिराखेको छ। लामो समयदेखि सरकारले अल्पसंख्यक इसाई समुदायको हक हित सुनिश्चित नगरेको उल्टै इसाई समुदायलाई दुःख दिने झुटो आरोप लगाएर मुद्दा चलाउने प्रविधि भएका कारण नयाँ दल दर्ता गरेर सरकारसँग टेबुलटक गर्ने कुरा सिबी गहतराजले बताउनुभएको छ लगभग 2062-63 को जनआन्दोलनपछि उपलब्ध भएको ईसाइ धर्म समुदायकाको खीष्टमस सार्वजनिक बिदा समेत सरकारले कटौती गर्यो अरु धर्म समुदायका मानिसहरूको 15-15 दिनको बिदा हुन्छ तर इसाईहरुको लगायतका अल्पसंख्यक समुदायको वर्षमा एक दिन पनि सार्वजनिक विदा नदिनुले इसाईहरुको नयाँनयाँ दलहरुको दर्ता गर्नुपरेको दुखेसो बताउनुहुन्छ। हरेक कुरा नेपालमा राजनीतिक तवरबाट मात्रै सम्भव देखेपछि एक समयमा राजनीति गर्नुहुँदैन भन्ने इसाई समुदायका अग्रज पास्टर हरु विभिन्न संघसंस्थाका अध्यक्षहरु अहिले आफै राजनीतिक दल दर्ता गर्ने होडबाजी चलिराखेको छ।