आस्थाकै आधारमा मात्रै पार्टी एकिकरणको औचित्य छैन पार्टी प्रवक्ता बिदुर अधिकारी जनजागरण पार्टी नेपाल

काठमाडौं
आस्थाकै आधारमा मात्रै पार्टी एकिकरणको औचित्य नभएको कुरा जनजागरण पार्टी प्रवक्ता बिदुर अधिकारी ले पार्टी को अधिकारक धारणा व्यक्त गर्नुभएको छ।
बजारमा हिजोआज जनजागरण पार्टी नेपालको सेरोफेरोमा आवश्यकताभन्दा बढ्तै चर्चा चलाइएको छ। त्यो चर्चाको एउटै चासो यस पार्टीमा राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्षलाई अध्यक्ष बनाएर जानुपर्छ कि पर्दैन भन्ने हो ।त्यस सवालमा अहिले हाम्रा सामुन्ने ३ वटा गम्भीर चुनौति छन्, जसकारण हामीले सिबी गहतराज र अरू कसैलाई अध्यक्ष पद सुम्पिदिन नसकिने धारणा सहितको केही अंश ;
आस्थाकै आधारमा मात्रै पार्टी एकिकरणको औचित्य नभएको कुरा जनजागरण पार्टी प्रवक्ता बिदुर अधिकारी ले पार्टी को अधिकारक धारणा व्यक्त गर्नुभएको छ।
१) जनजागरण पार्टी नेपाल एउटा राष्ट्रिय हैसियत बनाएको पार्टी हो, भर्खरै महाधिवेसन सम्पन्न गरेर निर्वाचन आयोगमा अपडेट बुझाउँदैछ । महाधिवेसनले चयन गरेको केन्द्रिय कार्यसमिति भत्काएर गैरराजनीतिक (दल नभएको) व्यक्तिले अध्यक्ष माग्न सुहाउँदिलो कुरा थिएन । कम्तिमा पनि राजनीतिक दलको गरीमा, इज्जत र पत्यारिलो आधार कायम राख्नुपर्ने । वैधानिकरूपमा स्थापित भैसकेका संस्थामा त कार्यसमितिमा रहेकोभन्दा बाहिरको व्यक्तिलाई ल्याएर अध्यक्ष बनाउन सकिँदैन भने राजनीतिक दल आफैंमा राज्यसमान संस्था हो।भर्खरै महाधिवेसन सम्पन्न गरेको पार्टीले कसरी बाहिरको मान्छेलाई नेतृत्व सुम्पियोस् भनेर कल्पना गरिएको हो?
२) जनजागरण पार्टी नेपालको स्थापना र नेतृत्वमा भलै ख्रीष्टियन धर्मावलम्बीहरूको बाहुल्यता छ, तर यसलाई ‘ख्रीष्टियन पार्टी’ भनेर चिनाउनुहुन्न भनेर हामी होसियार छौं। गहतराजको सार्वजनिक पहिचान ‘ख्रीष्टियन नेता’ हो र उनले चाहना गरेजस्तै प्रकारको एकल नेतृत्व सुम्पिँदा हामीसँग भएका सयौं मुसलमान, हिन्दू, बुद्धिष्ट र अन्य आस्थाका साथीहरूलाई हामीले के जवाफ दिनू? अर्को कुरा हामीले नेपालको राजनीतिमा स्थापित भैसकेको एकल नेतृत्वको संस्कारमा विरूद्ध गतिलो लडाईं शुरू गरेका हौं । त्यसकारण हामीले पार्टीको केन्द्रिय नेतृत्वमा कसैलाई ड्राइभर बनाएका छैनौं, बरू हामी ‘को-पाइलट’ हौं । त्यसकारण हामी एकल नेतृत्व स्वीकार गर्न असमर्थ छौं।) हामीले राजनीतिमा इमानदारिता, सच्चरित्रता र व्यवहारिकरूपमा लोककल्याणकारी प्रयत्नको नेतृत्व स्थापित गर्न चाहेका हौं।अनि हिजैमात्र मिडियासामु ‘हामीलाई पद चाहिएको होइन’ भन्ने तर अध्यक्ष पद नदिए अर्को पार्टी खोल्छु भन्ने मानिसहरूलाई इमानदारिताको कुन स्तरमा राख्ने हो? उनको समुहले एकै स्वरमा ‘हामीलाई त टिममा राखेर काम गर्ने अवसर दिए पुग्छ’ पनि भनेको सुनियो। त्यही प्रस्ताव हामीले यसअघि नै राखेका छौं। हामीले भन्यौं, “पार्टीलाई ‘ठूलो’ बनाउनुपर्छ, धेरै मानिसहरू यसमा अँटाउनुपर्द्छ। सामुहिक नेतृत्व पद्दति स्थापित गर्दै काम गरौं ।” तर हाम्रो प्रस्तावमाथि कुनै विचारै गरिन्न र उल्टो प्रचारबाजी गरिन्छ भने त्यस्तो बद्नियतपूर्ण प्रयासलाई हामीले कसरी स्वीकार गर्नू? त्यसमाथि अन्याय, अभाव र अप्ठ्यारोमा परेका आम नेपाली जनतामाझ पार्टीको नेतृत्व लिन हतारिएका साथीहरूले के गर्दै आए भन्ने पनि त ख्याल गरौं । राजनीति गर्ने योग्यता कसले कति धेरै झूटो बोल्न सक्छ भन्ने आधारमा तय नगरियोस्! बजारमा चलेकैजस्तो राजनीति हामीलाई स्वीकार्य छैन । त्यसकारण हामी अहिले के गरिरहेका छौं भन्ने पनि हेरियोस्। अर्को कुरा, हिजो मन्त्री आलेको अपमानको बदलामा पार्टी खोल्न तम्सिएको व्यक्तिलाई इतिहास बनाइसकेको दलको अध्यक्ष बनाउने कुरा कसरी स्वीकार्ने ? तपाईंले माथि दिएका छनौटमा भोट खसाल्दा यतिमात्रै ध्यान दिनुहुन पनि सादर अनुरोध गर्नु भएको छ।