उपत्यकाब्यापी इस्टर महोत्सव मुल समिति पुर्नगठन

धनराज घिमिरे/ललितपुर

उपत्यकाब्यापी इस्टर महोत्सव मुल समिति पुर्नगठन भएको छ। ललितपुर स्थित पाटन कोइनोनिय मण्डलीमा आयोजना भएको उपत्यकाब्यापी मण्डलीहरुको एक भेलाले उपत्यकाब्यापी इस्टर (पुनरुत्थान) महोत्सव आयोजक मुल समिति पाष्टर हरि प्रधानको अध्यक्षतामा गठन भएको छ । विगतमा पा. सामुएल कार्थक यस समितिको अध्यक्ष हुनुहुन्थयो र गएको वर्ष कोभिड १९का कारणले उहाँ स्वर्गीय हुनुभएकोले सो समितिको अध्यक्ष पद रिक्त भएको थियो ।

उक्त समितिको केन्द्रिय संयोजकमा पा. जीरमान राई चयन हुनु भएको छ भने सहअध्यक्षमा पा. रुपनारायाण तिमिल्सिना, पा. चन्द्रमान नेपाली, पा. सुमन गुरुङ चयन हुनुभएको छ । त्यसै गरी उपाध्यक्षमा पा. डिल्लिराम पौडल, पा. सेर बहादुर एसी, रेखा ओझा, पा. पदम पराजुली, पा. तेज रोक्का, ए.सिमोन पाठक, पा.के.बि.सुनुवार र पा.ज्योति कुमार सुनुवार चयन हुनुभएको छ भने सचिवमा पा.सुसील भट्ट, पा.धनराज घिमिरे र पा.प्रेम महर्जन चयन हुनुभएको छ।

ललितपुर जिल्लाका लागि संयोजकको रुपमा पा. इश्वर के.सी, काठमाडौं जिल्लाका लागि पा. रविन काजी बैद्य र भक्तपुरका लागि पा. पासाङ्ग तामाङ्ग संयोजकको रुपमा चयन हुनुभएको छ । कोषाध्यक्षहमा पा. इन्द्र बस्नेत, सहकोषाध्यक्षहरुमा पा.हिराकाजी मर्हजन, श्री मार्था राई, पा. रिचन कर्माचार्य र पा.वसन्त घतानी चयन हुनुभएको छ । त्यसै गरी सदस्यहरुमा पा. मर्कुस श्रेष्ठ, पा.डेविड दाहाल, पा.मिलन परियार, पा.बेनी कार्की , पा.राम प्रसाद न्यौपानै, पा.प्रेम बहादुर कार्की, पा.दिनेश सुनुवार, पा.सुनिल मर्हजन, पा.गोरख राई र पा.भव घले पा.बिरु घिसिङ पा.राजेस मगर चयन हुनुभएको छ ।

यस वर्ष अर्थात २०२२ सालको पुनरुत्थान (इस्टर) महोत्सव उपत्यकाका तीवटै जिल्लाहरुमा आयोजना गर्ने निर्णय पनि भेलाले गरेको छ र उपत्यकाका तीनै जिल्लाहरुका संयोजक तथा जिल्ला समितिहरुको सक्रियतामा यस वर्षको पुनरुत्थान महोत्सव भव्यताका साथ आयोजना गर्ने निर्णय गरिएको छ ।

उपत्यकाका तीनै जिल्ला समितिहरुले आयोजना गर्ने र्याली तथा महोत्सवमा सम्पूर्ण मण्डलीहरु आफुलाइलाई पायक पर्ने स्थानहरुमा सहभागि भइदिनका लागि पनि उपत्यकाब्यापी इस्टर (पुनरुत्थान) महोत्सव मुल समितिले हार्दिक आह्वन गरेको छ ।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button