खेलकुदको क्षेत्रमा छुट्टै पहिचान चर्च बोए युनाइटेड क्लब

सुसील भट्ट/काठमाडौं
खेलकुदको क्षेत्रमा छुट्टै पहिचान बनाउन चर्च बोए युनाइटेड क्लव सफल भएको छ लामो समयदेखिको संघर्ष पछि ए डिभिजन लिगमा उक्लिन थोरै दिन मात्र बाँकी छ। सोही क्रममा राष्ट्रिय खी्ष्टीयन मन्डली महासंघ नेपालको सस्थापक अध्यक्ष डाक्टर सुवास सुव्वा लिम्बूले हिजो एक कार्यक्रममा खेलाडी हरुलाई आवश्यक खेलकुद सामाग्री वितरण गरेको छ र आउने दिनहरुमा अझै इच्छाशक्ति भएका खेलाडीहरु लाइ सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ।
युनाइटेड चर्च बोए क्लब कासस्थापक अध्यक्ष रुबेन राइले हालसम्म अग्रस्थानमा रहेकोले ए डिभिजन लिग हाम्रो निश्चित छ हामी खेलको माध्यमबाट राष्ट्रि र अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चको योगदान लाइ बताउन चाहन्छौं साथै हामीलाइ खेलकुद सामाग्री सहयोग गरिदिनु भएकोमा राष्ट्रिय खी्ष्टीयन मन्डली महासंघ नेपाल र अन्तिम बिकल्प पा.लि लाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछु आशा छ भविष्यमा पनि निरन्तर सहयोग सहकार्य को अपेक्षा राख्दै सबै सहयोगी मनहरुलाई धन्यवाद दिनुभयो।