चर्च ब्वाइजको एतिहासिक जीत ए डिभिजनमा बढुवा

काठमाडौं ।

चर्च ब्वाइज युनाईटेड  एतिहासिक जीत  सिगै  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ ।

सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत मंगलबार बाँसबारी क्लबलाई ५-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज शीर्ष डिभिजनमा उक्लिएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा चर्च ब्वाइजलाई जित दिलाउन साइमन लिम्बुले ह्याट्रिकसहित ४ गोल गरे ।

खेलको सातौं मिनेटमा साइमनले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए ।

१७ औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर बनाए ।

खेलको ३७ औं मिनेटमा साइमनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।

खेलको ४१ औं मिनेटमा साइमनले पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरेपछि चर्च ब्वाइज ४-१ ले अघि रह्यो ।

५८ औं मिनेटमा संजय धिमालले गोल गर्दै बाँसबारीलाई ४-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा साइमनले पेनाल्टीबाट व्यक्तिगत चौंथो गोल गर्दै चर्च ब्वाइजलाई ५-१ को जित दिलाए ।

यस जितसँगै शीर्ष स्थानको चर्च ब्वाइजले १२ खेलमा २६ अंक जोडेको छ । र, चर्च ब्वाइज एक खेल अगाबै च्याम्पियन बनेको हो ,बाँसबारीले १२ खेलमा १६ अंक जोडेको छ ।

चर्च ब्वाइज ‘बी’ लिग खेलेको पहिलो सिजनमै शीर्ष डिभिजनमा बढुवा भएको हो ।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button