अपिल त्रिपाठीले पत्रकार आचारसंहिताको धज्जी उडाएका छन्

सुसिल भट्ट /काठमाडौं
अपिल त्रिपाठीले पत्रकार आचारसंहिताको धज्जी उडाएका छन् पत्रकार आचारसंहिता पालना गर्नु पत्रकार को मुख्य धर्म हो तर अपिल त्रिपाठी ले पत्रकार आचारसंहिताको धज्जी उडाएका छन
मिति २०७९ असाढ १७ गते पत्रकार अपिल त्रिपाठीले टेलिभिजन कार्यक्रम “गण्डकी छड्के” मार्फत तनहुँ जिल्ला भिमाद नगरपालिका वडा नम्बर ६ मा “किसानलाई बाख्रा बितरण गरी धर्म परिवर्तन गराउने डर लाग्दो योजना” भन्दै गरेको टेलिभिजन भिडियो को इसाई समुदायका व्यक्तिहरुले दुख प्रकट गरेका छन् साथै कति सघ सस्थाले गम्भीर ध्यानाकर्षण भएको र सो क्रियाकलाप प्रति दुःख व्यक्त गर्दै पत्रकार अपिल त्रिपाठीको उक्त कार्य प्रति खेद प्रकट गरेका छन्।
व्यक्ति र संस्थाले गर्ने कार्यको निगरानी र जवाफदेहीता प्रचलित कानुन अनुसार गर्नु नै पर्दछ तर ति कार्यहरूकै आधारमा विशुद्ध धार्मिक आस्थामाथि अनर्गल प्रचार र भ्रम पैदा गरि धार्मिक आस्था माथि नै प्रहार गर्नु निन्दनीय विषय हो । त्यस घटनाप्रति विभिन्न कोणबाट जाँचबुझ गर्दा र भिमाद नगरपालिका -६ तनहुँका भिमाद सु-समाचार मण्डलीका पाष्टर शान्त थापासँग घटनाको बारेमा थप जानकारी लिँदा धर्म प्रचार गरिएको भन्ने अपिल त्रिपाठीको आरोप झुटा र कपोलकल्पित रहेको बताइएको छ ।
यो घटनासँगै सामाजिक संजालमा देखिएका विभिन्न प्रकारका ख्रीष्टियन आस्थालाई आघात हुनेगरी पक्ष विपक्षमा गरिएको विवादास्पद अभिव्यक्ति र भनाइहरूले अझ यस घटनालाई नकारात्मक दिशातिर केन्द्रित हुने खतरा प्रति चिन्ता व्यक्त गर्दै अव यस बिषयमा थप टिकाटिप्पणी नगर्नु हुन र धार्मिक आस्थालाई बिथोल्ने कुनै पनि कृया प्रतिकृया नगर्नु हुन सम्पूर्ण धार्मिक आस्था राख्ने समुदायहरूमा बिभिन्न संघ संस्था मन्डलीले हार्दिक अपिल समेत रहेका छन।