बिभिन्न कार्यक्रमका बिचमा पादरी गंगाप्रसाद प्रधानको सम्झना गरीयो

सुसील भट्ट/काठमाडौं

पत्रकारिताका आदीपत्रकार तथा नेपाली ख्रीष्टियन समुदायको प्रथम पादरी गंगाप्रसाद प्रधानको आज १७१ औ स्‍मृति दिवस नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइयो ।

ख्रीष्टियन जर्नालिष्ट फेलोसिप नेपाल (सिजेएफ नेपाल)द्धारा ललितपुरको एकान्तकुना स्थित क्वालिटि फुड ल्यान्डमा सोमबार आयोजित “पादरी प्रधानको योगदान र हाम्रो दाइत्व” बिषयक बिचार गोष्ठि तथा पादरी पत्रकारिता पुरस्कार २०७९ समारोहमा पत्रकार दिनेश श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको हो ।

समारोहमा सिजेएफ नेपालले पत्रकार श्रेष्ठलाई दुई दशकदेखि उत्पीडित तथा उपेक्षित जनता र ख्रीष्टियन लगायत अल्पसंख्यक धार्मिक समुदायहरुको हक र हितका पक्षमा निश्पक्ष तरिकाले पत्रकारिता मार्फत गरेको योगदानको कदर गर्दै प्रशंसा पत्र सहित नगद रुपैया २५ हजार राशिको पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

पत्रकार श्रेष्ठले २०५९ सालदेखी ‘बोलाङ मंच’ तथा ‘युवा भावना’पत्रिकामा सम्पादकको भूमिका निर्वाह गर्दै आएका छन भने विगत १५ बर्षादेखी ‘युवा दर्शन’ द्वैमासिक पत्रिका निरन्तर प्रकाशन गर्दै आएका छन ।

कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघका केन्द्रिय सदस्य शन्तराम बिडारीले नेपालमा जहानिया राणा शासन भएको अवस्थामा पादरी प्रधानले दार्जिलिंगमा रहेर नेपाली पत्रकारितालाई दिएको योगदानलाई भुल्न नहुने भन्दै उनलाई राष्ट्रले उचित सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे । उनले (सिजेएफ नेपाल)लाई पनि नेपाल पत्रकार महासंघमा आवद्ध हुन आग्रह गरे ।

राष्ट्रिय मण्डली महासंघका अध्यक्ष सुवास सुब्बाले पादरी गंगा प्रसादलाई सम्मान गर भन्दै सरकारसँग भिख माग्नुभन्दा ख्रीष्टियन समुदाय आफैले जनचेतनामुलक कार्यक्रम गरी उहाँको अतुलनीय योगदानको पहिचान गराउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा पुरस्कृत दिनेश श्रेष्ठले आफूले गंगाप्रसाद प्रधान पुरस्कार स्वरुप पाएको रकममाथि त्यति नै थपेर सिजेएफ नेपालको कोषमा रुपैया ५० हजार प्रदान गर्ने घोषणा गरे ।

कार्यक्रममा राष्ट्रिय ख्रीष्टियान मन्डली महासंघका सस्थापक अध्यक्ष डा सुवास सुव्वा लिम्बु  राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालका कार्यवाहक अध्यक्ष रेभ. डा. पास्टर फिलेमोन क्षत्री, राष्ट्रिय कला संघ नेपालका प्रतिनिधि नारायण खड्का, नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष रेभ सूर्य बहादुर बल तमाङ, ख्रीष्टिय कला संघ नेपालका प्रतिनिधि नारायण खड्का क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर डा. मंगलमान महर्जन, पत्रकार कुमारसिङ बिष्ट, पत्रकार निरोज तोलाङे लगायत अन्य ख्रीष्टियन विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले पादरी गंगाप्रसाद प्रधानको योगदानको प्रशंसा गर्दै उहाँको चरित्रलाई सबैले अनुसरण गर्नुपर्ने र राज्यले पनि उहाँको पत्रकारिताको अमुल्य योगदानलाई सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।

यसै अवसरमा ख्रीष्टियन मिडिया सोसाइटिले पनि ललितपुरमै “खुल्ला साहित्यिक वाचन नामक” अर्को एक कार्यक्रम गरेर पादरी प्रधानको स्मृति दिवस मनायो ।

पादरी प्रधानले भारतमा रहेर नेपालमा गोरखापत्र प्रकाशन हुनु अघि नै ‘गोर्खे खबर कागज’नामक मासिक पत्रिका सम्पादन तथा प्रकाशन गरेका थिए । यसै गरी उनी बाइबललाई नेपाली भाषामा अनुवाद गर्ने प्रथम अनुवादक पनि भएकोले नेपाली पत्रकारिता र नेपाली ख्रिष्टियनको इतिहासमा उनको योगदानलाई नियाल्दा उनलाई राज्यले नै आदिपत्रकारको दर्जामा सम्मान गर्नुपर्ने आवश्यकता देखिन्छ।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button