विनिप्रप्र सेवकाई नेपालले १ सय ९४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

सुसिल भट्ट/ काठमाडौं

विनिप्रप्र सेवकाई नेपालले १ सय ९४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ। ललितपुर जिल्लाको कोन्ज्योसोम गाँउपालिका वडा नं ३ दलचोकी स्थित श्री गोठभञ्ज्याङ्ग माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सेवकाई नेपालले सोमबार एक कार्यक्रमको आयोजना गरी कपि, कलम, जिओमेट्री बक्स लगायत विभिन्न शैक्षिक सामाग्री वितरण गरेको हो। अनाथ, असाह्य, भूकम्प पीडित, द्धन्द पीडित र विपन्न परिवारका बालबालिकाहरुलाई अध्यनमा सहजता होस भनेर सेवकाईले शैक्षिक सामाग्री वितरण गरेको हो। विनिप्रप्र सेवकाई नेपालका निर्देशक तथा अन्तराष्ट्रिय वक्ता रेभ पास्टर डा. चेत बहादुर खरेलका अनुसार प्रत्येक शुक्रबार उपवास बसी छाक काटेर जम्मा भएको पैसाले अनाथ, असाह्य तथा विपन्न बालबालिकाहरुलाई सहयोग गरिएको हो। बार्षिक रुपमा विद्यार्थीहरुलाई पोशाक, जुत्ता, झोला, शैक्षित तथा खेलकुद सामाग्री वितरण गर्दै आएका सेवकाई नेपालले पछिल्लो दुई बर्ष कोभिढ महामारीका कारण स्थगित गरेको उक्त सहयोग कार्यक्रम पुन सुचारु गरेको निर्देशक खरेलको भनाई रहेको छ। भौगोलिक विकटता र विकास नभएका कारण कोन्ज्योसोम गाँउपालिकालाई ललितपुर जिल्लाको कर्णालीको उपमा दिँदै गोठभञ्ज्याङ्ग माध्यमिक विद्यालय प्रधानध्यापक गंगा राम मगरले आर्थिक अवस्था कम्जोर भएको बालबालिकाहरुलाई विनिप्रप्र सेवकाई नेपालले महत्वपूर्ण सहयोग गरेकोमा धन्यवाद दिए। विनिप्रप्र सेवकाई नेपालले विभिन्न सामाजिक सेवाको परियोजनाहरु सञ्चालन गरिरहेको उपाध्यक्ष शान्ति लामा मल्लले बताइन्। विनिप्रप्र सेवकाई नेपालका सचिव आनन्द खरेलले ललितपुर जिल्लाको विकट ठाउँमा आएर विपन्न परिवारका बालबालिकाहरुलाई सहयोग गर्न पाँउदा खुशी लागेको बताँउदै आगामी दिनमा पनि यस्ता खालका सहयोगलाई निरन्तरता दिने जानकारी दिएको छ।

ko

वि.नि.प्र.प्र. सेवकाई नेपालले अनाथ, असाह्य, भुकम्प पीडित, द्धन्द पीडित र विपन्न परिवारका बालबालिकाहरुलाई विभिन्न सहयोग गर्दै आइरहेको छ। यस अघि सेवकाई नेपालले विभिन्न स्कुलमा अध्यनरत विद्यार्थीलाई पोशाक, जुत्ता, शैक्षिक सामाग्री तथा छात्रवृति प्रदान गरिसकेको छ। सेवकाई नेपालले कोभिड महामारीको चपेटामा परेकाहरुलाई राहतको रुपमा पटक-पटक दाल, चामल, नुन लगायत खाद्य सामाग्री पनि प्रदान गरिसकेको छ। फोटो Tashi tv

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button