१२० थान अक्सीजन सिलिन्डर निशुल्क सहयोग

मोतीराम चाैधरी/ देवराज भट्ट धनगढी जेठ ४

समता मिडिया सेन्टरले सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरुमा १२० थान अक्सीजन सिलिन्डर निशुल्क सहयोग गरेको छ।

भक्त बिबि फर ह्युमानिटी र भक्त बिबि हेल्पिङ ह्याण्ड्स फर ह्युमानिटीको आर्थिक सहयोगमा समता मिडिया सेन्टरले १२० थान अक्सीजन सिलिन्डर सहयोग गरेको हो। १२० थान अक्सीजन रिलिन्डर बिराटनगरबाट रिफिल गरेर आईतबार विहान धनगढी पुगेको थियो।

 

सोही दिन सेती प्रादेशिक अस्पताल धनगढीलाई ठूलो ३० थान,महाकाली हस्पताल कंचनपुरलाई ठूलो ३० थान,गौरिगंगा कोभिड अस्पताल चौमालालाई ५ थान ठूलो र २ थान सानो,नोभा अस्पताल धनगढीलाई ठूलो ५ थान,सारथी अस्पताल धनगढीलाई ठूलो ८ थान,बैतडी अस्पताललाई ठूलो ८ थान,बाजुरा अस्पताललाई ठूलो २ थान हस्तान्तरण गरिएको छ।

 

त्यसैगरी उपक्षेत्रीय अस्पताल डडेल्धुरालाई ठूलो ८ थान सानो २० थान, र डोटी अस्पताललाई ठूलो २ थान गरी ९८ थान ठूलो र २२ थान सानो गरी १२० थान अक्सीजन सिलिन्डर हस्तान्तरण गरिएको समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियारले जानकारी दिए।

सेती प्रादेशिक अस्पतालका मेडिकल मेडिकल सुपरीन्टेन्डेन्ट डा.हेमराज पाण्डे,महाकाली अस्पताल व्यवस्थापन समिति सदस्य कौशिला ओझा,गौरीगंगा नगरपालिका कोभिड अस्पताल इन्चार्ज राज कुमार चौधरी,उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरीन्टेन्डेन्ट डा।जगदिश भट्ट, जिल्ला अस्पताल डोटीका सुचना अधिकारी रेडियोग्राफर अमर सिंह भाटलाई समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष परियारले पत्रसहित सिलिन्डर हस्तान्तरण गरेको सो संस्थाले जनाएको छ।

त्यसै गरी काठमाडौं मिडिया पब्ललीकेसन ले काठमाडौं उपत्यकामा रहेका कोभिड पिडीत हरुलाई राहत वितरण गरेको कुरा अध्यक्ष जित बहादुर खाती ले बताउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button