ख्रीष्टियन महासंघ किन समय समयमा विवादित

काठमाडौं फाल्गुन ३ गते
नेपाली भाषी ख्रीष्टियनहरुकाे हक,हित र अधिकारका लागि स्थापना भएकाे ” राष्ट्रिय ख्रीष्टियन महासंघ समय समयमा विवादित हुदै आएको छ। कहिले केन्द्रीय अध्यक्ष त कहिले सह अध्यक्ष लगायत बिभिन्न प्रादेशिक समिति हरुको विवाद को कारण कहि राजिनामा त कहि मनपरि निस्कासन ले दिनप्रतिदिन उदेश्य हराउँदै गएको छ
नेपालकाे सातवटै प्रदेशहरुमा प्रदेश बिभाग र विभिन्न अन्तराष्ट्रमा समेत बिदेश बिभाग सहित अघि बढेकाे उक्त महासंघमा केन्द्रीय कमिटिकाे एकाधिकार तथा केन्द्रीय कमिटिबाट भएका आर्थिक, नैति तथा भाैतिक कमि कमजोरीलाई सुधारगर्न नसकेकाे भन्दै पटक पटक असन्तुष्ट पक्षहरुले सञ्जालहरुका अभिव्यक्ति राखेका थिए।
बिशेष त महासंघका अध्यक्षकाे नै विभिन्न आर्थिक र नैतिक राजनितिक स्थिरता नभएकाे र सुध्रन पटक पटक सुझाव दिँदा समेत बेवास्ता गर्दै गठन गरिएको प्रदेश सञ्जाललाई कुनै काम गर्न नदिएकाे भन्दै सातवटै प्रदेशहरुबाट राजिनामा दिने बुझिएकाे छ।
राजिनामा दिने सिलसिलामै एक नम्मर प्रदेशका प्रदेश कार्य समितिले आज एक विज्ञप्ति जारी गर्दै महासंघकाे जिम्मेवारीबाट सामुहिक राजिनामा दिएका छन्।
विज्ञप्तिमा समस्त ख्रीष्टियन समुदायकाे हक र अधिकारका लागि लाड्छाैँ भने पनि ब्यक्तिगत लाभमा लिप्त भएकाे हुनाले यश संघमा रहेर एक नम्मर प्रदेशबासी ख्रीष्टियन नागरिकहरुकाे जनभावनामाथि खेलवाड गर्न नसकिने जनाएकाे छ।
याे सँगै महासंघ सँग सहकार्य गर्दै आएका अन्य केही संस्थाहरुमाथि पनि प्रस्न चिन्ह खडा हुने देखिएकाेछ कि यस्ता महािंघ सँग सहकार्य गरिरहँदा के उनिहरु चाहिँ अनियमितता,अपारदर्शीता र कुटिलताकाे दृष्टिबाट उनिहरु टाढा हाेलान् त?
हेर्नाेस महासंघकाे एक नम्मर प्रदेश कार्य समितिले सामुहिक राजिनामा सहिचरतकाे विज्ञप्ति :