रेल सेवा बन्द भएको गौरीफन्टा रुटमा ३० वर्षपछि भारतले पुनः सञ्चालन गर्ने

धनगढी । भारत सरकारले रेल सेवा बन्द भएको ३० वर्षपछि धनगढीसंग जोडिएको भारतीय नाका गौरीफन्टासम्म रेल सेवा सञ्चालन गर्ने भएको छ ।

रेल सेवा बन्द भएको गौरीफन्टा रुटमा ३० वर्षपछि भारत सरकारले रेल सेवा सञ्चालन गर्ने सोचका साथ आवश्यक तयारी थालेको छ । त्यसका लागि रेल सेवाका अधिकारीहरुले स्थलगत अध्ययन गरी बन्द स्टेशन र रुटको अवस्थाका बारेमा जानकारी लिईसकेको छ ।

१४ अप्रेल १९१४ मा दुधुवा–गौरीफन्टा जोड्ने १४ माईल लम्बाई रेल लाईन निर्माण गरी भारत सरकाले सीमावर्ती बजार गौरीफन्टासम्म रेल सेवा सञ्चालनमा ल्याएको थियो । यो रुटमा घाटा भएको भन्दै भारत सरकाले सन १९९३ मा रेल सेवा बन्द गरेको थियो ।

पूर्बोत्तर रेलवेका महाप्रबन्धक चन्द्रबीर रमणले चार दिन अघि मैलानी जक्सनको निरिक्षण गर्दै दुधुवा–गौरीफन्टा रेल सेवा सञ्चालनका लागि आवश्यक प्रकृया अघि बढाईएको जानकारी दिएका थिए । रमणकै निर्देशनमा आरएम आदित्य कुमारले गौरीफन्टाको स्थलगत अध्ययन गरेको बताईएको छ । आरएम आदित्य कुमारले रेल सेवा सञ्चालनका सम्बन्धमा स्थलगत अध्ययन प्रतिबेदन बुझाएपछि थप प्रकृया अघि बढ्ने बताईएको छ ।

  1. लखनउ मण्डलको डिआरएमको टीमले समेत बन्द गौरीफन्टा स्टेशनको स्थलगत अवलोकन गरेको छ ।पूर्बोत्तर रेलवेका महाप्रबन्धक चन्द्रबीर रमणले गौरीफन्टासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भईरहेको जानकारी दिदै गौरीफन्टाबाट भारतको लखनउदेखि मुम्बईसम्मको टिकटसंगै सेवा उपलब्ध हुने बताएको भारतीय अनलाईन न्यूज पोर्टल हिन्दुस्तानमा प्रकाशित समाचारमा उल्लेख छ ।
Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button