विद्यार्थीहरूको लागि खुसीको खबर

देबराज भट्ट काठमाडौँ

सामान्यतया परीक्षा भन्ने बित्तिकै विद्यार्थीहरूको मनमा एक किसिमको डर पैदा हुने गरेको पाइन्छ । आफूले जानेको विषयमा नै किन नहोस् परीक्षा छ भन्ने सम्झने बित्तिकै जानेको कुराहरू पनि लेख्न पर्‍यो भने हडबडाउने आत्तिएर लेख्ने र परीक्षामा सोचेको जस्तो नतिजा नआउने भइरहेको हुन्छ । अब विद्यार्थीहरूको तिनै डरलाई कम गर्न आगामी शैक्षिक सत्रदेखि राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने भएको छ ।

बोर्डले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूका लागि अर्को वर्षदेखि स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने भएको हो । आगामी शैक्षिक सत्र देखि परीक्षण (ट्रायल) को रूपमा केही पालिकाहरूमा यो प्रणाली जारी हुने भएको छ । त्यसका लागि राष्ट्रिय परीक्षा बोर्डले स्थानीय पालिकाहरूसँग सहकार्य गरेर तयारी थालेको जनाएको छ ।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button