गत वर्षको आर्थिक वृद्धिदर ऋणात्मक, भूकम्पले भन्दा महामारीले बढी क्षति

२० फागुन, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर नकारात्मक (ऋणात्मक) भएको छ । तथ्याङ्क विभागका अनुसार गत आवमा वाषिर्क आर्थिक वृद्धिदर -१.९९ प्रतिशत कायम भएको हो ।

विभागले आधार वर्ष २०१०/११ लाई मान्दै गरेको विश्लेषणअनुसार गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको हो । सो वर्ष प्रतिव्यक्ति आय ११३४ अमेरिकी डलर रह्यो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा भाषणमा २.२७ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान थियो ।

कोभिडका कारण भएको क्षति २०७२मा महाभूकम्पको क्षतिभन्दा पनि बढी भएको पुष्टि भएको छ । आर्थिक वर्ष सन् २०१५/१६मा आर्थिक वृद्धिदर शून्य प्रतिशतमा झरेको थियो ।

चालु आवको पहिलो त्रैमासको वृद्धिदर समेत ऋणात्मक देखिएको छ । यो अवधिमा अर्थतन्त्र -४.६ प्रतिशत कायम भएको छ ।

उता कोरोनाका कारण मुख्य प्रभावित बनेको गत आबको अन्तिम त्रैमासमा भने १५ प्रतिशतको कमि आएको थियो । त्यसमा क्रमशः सुधार देखिएको विभागको भनाइ छ ।

कोभिड १९ को असर सबैभन्दा बढी आवास तथा भोजन, यातायात तथा भणडार क्षेत्रमा परेको छ । यी क्षेत्रमा २५.७ प्रतिशत र १३.४ प्रतिशत सङ्कुचन आयको छ । थोक तथा खुद्रा व्यापार १०.७ प्रतिशत, औद्योगिक उत्पादन ९.१ प्रतिशत, निर्माणमा ५.६ प्रतिशत, खानी तथा उत्खननमा २.२ प्रतिशतले खुम्चिएको छ ।

विद्युत तथा ग्यास क्षत्रमा २५.६ प्रतिशत सकारात्मक वृद्धि भएको छ । सार्वजनिक प्रशासन ६.२ प्रतिशत, मानव स्वास्थ ५.२ प्रतिशतले सकारात्मक वृद्धि प्राप्त भएको विभागले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button