बचतकर्ताको रकम ठगीको आरोपमा तीन सञ्चालक पक्राउ
शेयर सदस्यको रकम उपलब्ध गराउने सहमति गरेका थिए । सो अवधि नाघेपछि शेयर सदस्यहरूले पुनः प्रशासनलाई गुहार्नुका साथै सञ्चालकहरूको घर घेराउ गरेका थिए ।
अध्यक्ष शर्माले सहकारीका नाममा विभिन्न ठाउँमा भएको सम्पत्ति बेचेर बचतकर्ताको रकम असुल गर्ने बताएका थिए । तर अहिले उनी फरार छन् । सहकारीले बचतकर्ताहरूको सबै पैसा विराटनगर–१९ मा स्थापित तुलसी मोटर पम्प, विभिन्न ठाउँमा जग्गा खरिद, चामल तथा दाल उद्योग, उदयपुर र दमकमा गार्डेन मार्ट नामको डिपार्टमेन्ट स्टोर सञ्चालन, चिया बगान र चिया उत्पादनलगायतमा लगानी गरेको पाइएको छ ।
केही दिनअघि सहकारीको उदयपुरस्थित गाईघाटमा रहेको शाखामा शेयर बचतकर्ताले समयमा पैसा नदिएको भन्दै तालाबन्दी गरेका थिए । त्यहाँको समस्या अझै पनि समाधान भइनसकेको जनाइएको छ । प्रहरीका अनुसार मोरङमा केन्द्रीय कार्यालयसहित झापा, सुनसरी, उदयपुर, संखुवासभा, धनकुटा, सिरहा, धनुषा जिल्लामा शाखा सञ्चालित तुलसी सहकारीमा २१ हजार ७१३ जनाभन्दा बढी साना–ठूला बचतकर्ताहरूको विभिन्न प्रकारका खाता छन् । यति धेरै सदस्यबाट संकलित रकमको सुरक्षा भने देखिएन ।
केही दिनअघि मात्र उक्त सहकारीले सर्वसाधारण बचतकर्ताको ५ हजार रुपैयाँको चेक पनि नसाटेपछि त्यहाँभित्रको वित्तीय अवस्था जोखिम रहेको थाहा पाएर बचतकर्ताहरू आफ्नो सम्पूर्ण रकम माग्न सहकारी कार्यालयका शाखाहरूमा पुगेका थिए ।
दुई अर्ब रुपैयाँभन्दा बढी शेयर पुँजी भएको यो सहकारी २०७१ सालमा स्थापना भएको हो । सहकारीको कार्यालय र सहकारीले सञ्चालन गर्ने डिपार्टमेन्ट स्टोर यही फागुन १ देखि बन्द छन् । तीन जिल्लामा तुलसी बहुमुखी सहकारी सञ्चालन गरेका शर्माले पश्चिम नेपाल शिव शिखर नाममा सहकारी सञ्चालन गरिरहेका छन् । शिव शिखरमा पनि बचत फिर्ताको समस्या देखिएको प्रहरीले बताएको छ ।
२०७१ सालमा विराटनगरमा खुलेको तुलसी सहकारीले झापाको दमक र उदयपुरको गाईघाटमा कार्यालय खोलेको छ । तीन जिल्लामा १० हजारभन्दा बढी सर्वसाधारणले १ अर्ब ४९ करोड हाराहारी बचत गरेका छन् । प्रहरी स्रोतका अनुसार सर्वसाधारणबाट महँगो ब्याज दिने भन्दै बचत संकलन गरेको सहकारीले अन्य क्षेत्रमा लगानी गरेको छ । सहकारी सञ्चालकले कृषि व्यवसाय, राइस मिल, घडेरी खरिदलगायत क्षेत्रमा लगानी गरेका छन् ।यस्तै काठमाडौं उपत्यकामा पनि गोरखा सहकारी संस्था लिमिटेड कान्तिपुर सहकारी संस्था लिमिटेड लगायतका विभिन्न सहकारी हरुले बचतकर्ता को रकम फिर्ता गरेको छैन।