धनगढीका डगौराको परिवार कुमारी बैंक र बिचौलियाको फन्दामा, यसरी भए सुकुम्वासी

धनगढीः कुमारी बैंक र बिचौलियाको फन्दामा परेर धनगढीको एक परिवार सुकुम्वासी भएको छ। कुमारी बैंक र बिचौलिया तेजराम चौधरी र झापाका सन्तोष आचार्य र उनकी श्रीमती सुशीला खतिवडाको जालझेलमा परेर धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरको एक चौधरी परिवार बेघरवार हुन पुगेको छ।तारानगर यातायात कार्यालय जाने मुख्य सडकसँग जोडिएको राष्ट्रिय आधारभूत विद्यालयको पूर्वमा रहेको गहनु डगौराको नाममा रहेको १३ कट्ठा १० धुर जग्गा र दुई वटा घर बैंकले लिलामी सकारेर अरुलाई नै बिक्री गर्दा सगोलमा बस्दै आएका गहनु चौधरीका छोरा-बुहारी र दुई नाति र नातिनी बुहारीको परिवारको बिचल्ली भएको हो।गहनु चौधरीका नाति मनोजकुमार चौधरी र कैलालीको गौरीगङ्गा वडा नम्बर १ चौमला घर भएका तेजराम चौधरी स्कुल पढ्दाका साथी हुन्। धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा १० कक्षासम्म सँगै अध्ययन गरेका मनोज र तेजरामको भेट २०७० मा धनगढी हुन्छ।तेजरामले मनोजलाई आफू केही वर्ष विदेश बसेर फर्केको र नेपालमा केही व्यवसाय गर्ने सोच बनाएको गफ लगाउँछन्। मनोज बेरोजगार भएको थाहा पाएका तेजराम मनोजसँग नियमित भेट्न थाले। उनको मनोजको घरमा आउजाउ बाक्लिन थाल्यो। घरमा आउजाउ गर्दा तारानगरमा सडक छेउमा रहेको घर जग्गा देखेका तेजरामले एक दिन मनोजसँग मिलेर कम्पनी खोल्ने र व्यापार गर्ने कुरा गर्छन्। तर, त्यसका लागि मनोजले जग्गा बैंकमा राख्नुपर्ने बताए। तेजरामले मनोजको जग्गा ६ महिनापछि फुकुवा गर्ने आश्वासन दिएर बैंकमा धितो राख्न राजी गराएको मनोज बताउँछन्।

जग्गा दिए बापत चौधरीलाई सञ्चालक समिति सदस्य उपहार

बाजेको नाममा भएको जग्गा मनोजलाई ऋणी बनाएर धितो राख्नुपूर्व झापा जिल्ला महारानी झोडा- ६ का तुलसीप्रसाद आचार्यका छोरा पूष्पलाल आर्चायका नाति सन्तोष आचार्य अध्यक्ष रहेको सुशीला एण्ड श्रृजना ट्रेडर्स प्रालिको सञ्चालक समिति सदस्य पद उपहार दिने काम गरिएको छ।

सञ्चालक समितिमा सन्तोषकी श्रीमती सुशीला खतिवडा, तेजराम चौधरी र तुराराम नेपालीलाई पनि सदस्य बनाइएको छ। २०६२ बैशाख ५ गते दर्ता मिति भएको कम्पनीको स्थायी ठेगाना काठमाडौं- २४ गुञ्चाटोल उल्लेख गरिएको छ। दर्ता नम्बर ३३८७४/०६१-०६२ रहेको यो कम्पनीले चीनबाट सामान ल्याएर नेपालमा बिक्री गर्ने भन्ने कुरा सन्तोष र तेजरामले मनोजकुमार चौधरीलाई बताएका थिए।

जग्गा धितो राखेर ३ करोड निकाले चौधरीले एक रुपैयाँ पाएनन्

धनगढी तारानगरको जग्गा मालपोत कार्यालय धनगढीमा रोक्का गरेसँगै २०७२ असोज २८ गते भक्तपुरको लोकन्थलीमा रहेको एपेक्स डेभलपमेन्ट बैंक लिमिटेडमा चौधरीको जग्गा धितो राखिएको छ। चौधरी जस्तै कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ३ का तुलाराम नेपालीको जग्गा पनि सोही दिन दृष्टि बन्धकमा राख्ने काम सन्तोष र तेजरामले गरेका छन्।’म कुमारी बैंकमा गएर साँवा र व्याज तिर्जु मलाई समय दिनुपर्यो भने तर बैंकले टीकापुरका नेपालीको जग्गाको पनि एकमुष्ट ऋण चुक्ता गर्न भन्यो,’ उनले भने, ‘तर अहिले हाम्रो जग्गा मात्रै लिलाम सकार्न लगाएर अर्कैको नाममा पास भइसकेको छ। जग्गा सकार्ने धनगढीका शैलेशकुमार सिंह दिनदिनै घरमा आएर घर खाली गर्ने धम्की दिन थालेका छन्।’

कुमारी बैंकमा ७० लाख डिपोजिट राखेर बाँकी पैसा खोज्न समय दिन आग्रह गरे पनि बैंकले कुनै सहयोग नगरेको चौधरीको भनाइ छ। उनले ६ करोडभन्दा एक रुपैयाँ कममा जग्गा फुकुवा नहुने बताए पनि शैलेशकुमार सिंहले भने ५ करोड ९२ लाखमा चौधरीको प्रदेश वन निर्देशनालय रहेको अढाई तले र एक तले अर्को घर सहितको १३ कट्ठा १० धुर जग्गा हात पारेका छन्।

बैंकले सिंहसँगको मिलेमतोमा आफ्नो पूरै परिवारलाई सुकुम्वासी बनाएको चौधरी परिवारले बताएका छन्। चलनचल्तीको बजार मूल्यअनुसार तारानगरको दुई घरसहितको कम्तिमा १५ करोड मूल्यको जग्गा एक रुपैयाँ हेर्न नपाएर गुमेको पीडा शब्दमा बयान गर्न नसकिने मनोजकुमार चौधरीका बुवा मङ्गलप्रसादले आँसु झार्दै भने। साभारः दिनेश खवर डटकम

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button