टोपबहादुरको घरमा प्रहरीको छापा

शंकर दत्त भट्ट/ काठमाडौं

नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको ललितपुरस्थित घरमा प्रहरीले खानतलासी गरेको छ।

ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खानतलासी गरेको हो।

टोपबहादुरविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। अदालतबाट पक्राउ पुर्जी जारी भइसकेपछि अर्घाखाँचीमा कानुनलाई सघाउँछु भन्दै हिँडेका उनी अहिलेसम्म बेपत्ता छन्।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा बिचौलियाहरुबाट करोडौं रकम बुझेको आरोप टोपबहादुर र छोरा सन्दीपमाथि लागेको छ।

टोपबहादुर गत वैशाख २० गतेदेखि गायब छन्। उनका छोरालाई प्रहरीले त्यही दिन बुटवलबाट पक्राउ गरेर हिरासतमा लिइसकेको छ। बिचौलियाहरुले सन्दीपको नाममा चार वर्षअघि डेढ करोडको चेक काटेका थिए।

टोपबहादुर गायब भएपछि एमालेलाई अन्य दलहरुले दबाब दिइरहेका छन्। एमालेमाथि रायमाझीलाई लुकाएको आरोप लागिरहेको छ।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button