खाद्य स्टोरमा आगलागी, झन्डै ६ करोडको क्षति

देवराज भट्ट/ कैलाली

कैलालीको धनगढीस्थित एक खाद्य स्टोरमा आगो लागेको छ। शनिवार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी (दक्षिणकाली मार्ग) को पिपि ट्रेडर्समा आगो लागेको हो।

कृष्णदत्त पाण्डेले सञ्चालन गरेको उक्त स्टोरमा विद्युतको तार सर्ट भएर आगो लागेको कैलाली प्रहरीले बताएको छ। आगलागीबाट गोदाममा रहेका चामल, भुजा, खाने तेल, फ्रुटी, चिउरा, चाउचाउलगाएतका सम्पूर्ण खाद्य सामान र गोदाम पूर्ण रुपम नष्ट भएको छ। स्टोरमा आगलागीबाट झन्डै ६ करोडको क्षति भएको सञ्चालक भट्टले  बताएका छन्।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button