गरीब पिडीत दिनदुखीकोे सेवामा तुलसी श्रेष्ठ

 सुसील भट्ट/ काठमाडौं

कोभिड १९ को कहर सुरु भएदेखि लगातार सामाजिक सेवामा समर्पित नाम हो तुलसी श्रेष्ठ तुलसी मध्यमवर्गीय परिवारका एक सदस्य हुनुहुन्छ २०७७ बैशाख ९ गते, काठमाडौंको बौद्ध नयाँबस्ती बाट खाद्यान्न वितरणका साथ साथै अति समस्यामा हुनेहरूका लागि खाना खुवाउन थाल्नुभएको थियो सो कार्यक्रममा हालसम्म रोकिएको छैन।

कोरोना भाइरसको महामारीले गर्दा नेपाल सरकारले समय समयमा गरेको लकडाउनका कारण आफ्नो घरमा खाद्यान्न लगायतका सामाग्री नभएका दैनिक ज्याला मजदुरी गर्ने, अतिविपन्न र यो विषम परिस्थितिमा खान नपाएका ब्यक्तिहरूको लागि आफ्नै घरमा खाना पकाई  खुवाउन थाल्नुभएको हो । उहाँको अगुवाईमा दैनिक गुजारा चलाउन नसकि अति नै समस्यामा परेकाहरूका लागि आफू बस्ने वडा लगायत वरपरका लागि खाना उपलब्ध गराउन थाल्नुभएको हो । यो अभियान  वडाअध्यक्ष लगायतको उपस्थितिमा सञ्चालन गर्नुभएको थियो समय समयमा हुने प्राकृतिक बिपत्ति महामारीको चपेटामा परेका असहाय गरिब अति बिपन्न परिवारलाई निरन्तररुपमा खाध्यान्न अक्सिजन लगायत विभिन्न सहयोग गर्दै आइरहनुभएको छ ।

 

दुरदराजबाट उपचार गर्न काठमाडौं आएका बिरामी हरु र कुरुवा हरुको लागि बुवाको आश्रम सन्चालन मा समेत ल्याएनु भएको छ। तुलसी श्रेष्ठ भन्नु हुन्छ म संग प्रसस्त भएर होइन तर  सेवा गर्ने मन थियो र छ पनि यो मेरो लागि अवसर मिल्यो सहयोगी मनहरु ले बिस्वास गरिदिनु भयो म उहाँहरुप्रति पनि धन्यबादि छु साथै मेरा सहकर्मी साथीहरू परिवार सबै प्रति हार्दिक आभार प्रकट गर्नु भयोे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button