गाउँमा मकै र गहुँको भर परे दुःद पाइन्छ टिमुर र गागती राेपाैँ । 

गाउँमा मकै र गहुँको भर परे दुःद पाइन्छ टिमुर र गागती राेपाैँ । 

– हरि जिज्ञासु

आठविसकोट नगरपालिका साविक स्याँलाखदी गाविसका भौगलिक दृष्यहरुको सौन्दर्यतालाई देख्दा पर्यटन व्यवसाय फस्टाउने देख्छु । तर त्यसका लागि हाम्रा यी सुन्दर गाउँहरुले सफलतामा प्रवेश गर्नको लागि ठूलो मुल्य चुकाउनुपर्ने हुन्छ ।

स्थानीय सरकार गठनपछि बल्ल साविक वडा नं. ३ खदीसम्म मोटरबाटो पुगेको छ । हामीले मोटोरबाटो पुग्नु र गाउँमा बिजुलीको तार झुण्डीनुलाई मात्र विकास भन्न थाल्यौँ भने अझै हाम्रो चेतनाको विकास भएको छैन भन्दा हुन्छ ।

विकासको लागि सबै भन्दा ठूलो कुरो भनेको सामाजिक चेतना सकरात्मकरुपमा फैलनुपर्ने हुन्छ । धेरै लामा चाक्ला कुरा गर्नु भन्दापनि हामी गाउँमा बस्छौँ तर गाउँमा पाहुना आउँदा घरमा राम्रो तरकारी छैन भने हामीले आएका आन्तरिक तथा बाह्य पर्यटकको स्वागत गर्नत परै रहोस् हामीले हाम्रो परिवार राम्रोसँग चलाउन सकिरहेका छैनौँ ।

अस्ती गाउँका कतिपय साथीहरुले बजारक्षेत्रबाट गाउँमा तरकारी आउँछ भनेको सुन्दा मेरो गाउँ समुदायको चेतना देखेर दुःख लाग्यो । गाउँबाट त सहरबजारतिर तरकारी तथा फलफूल लग्नुपर्ने हैन र ? गाउँमा सडक पु¥उने, विद्यालय खोलिदिने, स्वास्थ्यचौकी स्थापना गरिदिने र खानेपानीको राम्रो व्यवस्था गरिदिने सरकारको जिम्मा हो । किनकि यो काम सरकारले जनताको लागि गर्नेपर्छ । सरकारले यति गरेपछि कसैको घर अगाडीको फोहर सफा गर्ने जिम्मा सरकारको हैन । घर अगाडि खाली रहेको बारीमा तरकारी र अथवा खुर्सानी रोपिदिने सरकारको जिम्मा हैन । एउटा घर परिवारको लागि विद्यालयमा गएर पढिदिने सरकारको जिम्मा हैन । त्यसैले अहिले सम्म हाम्रो गाउँठाउँको अवस्था भनेकै पुरानो पुर्खाले गर्दै आएको मकै बालिलाई पुरानो ढंगले जोगाईराख्नुले हाम्रा गाउँले दाजुभाईहरुले अझै दुःख पाउनेछन् ।

अब पुरानो पेसालाई विस्तारै विस्तापित गरेर कृषिलाई आधुनिकरण गर्नु आवश्यक छ । यदि नगदे बालिलाई प्राथामिकता नदिने हुने हो भने हाम्रो दाजुभाईहरुले दुःख पाउने पक्का हो । गाउँमा जंगल प्रसस्थ छ नयाँ ढंगले बाख्रा पालेर बाख्रा पालनलाई नै आयस्रोतको केन्द्र बनाएर काम गर्नुपर्छ । हाम्रो भौगली दृष्य र त्यहाँको हावाखेतीले टिमुर खेति उपयुक्त देखिन्छ । अहिले देश मात्रै नभएर अन्तराष्ट्रिय बजारमा टिमुरको माग बढि रहेको छ । हाम्रो दाजुभाईले प्रत्येक घरपरिवारले ५०० वटा बुटा मात्र लगाएर तीनलाई राम्रोसँग जोगाउने हो भने अबको तीन/ चार वर्षमा आयस्रोतको ढोका खुल्नेछ । गाउँका सबै दाजुभाइहरु आर्थिक प्रगतिको बाटोमा हिड्न थाले भने । गाउँ पनि सुन्दर देखिन्छ । चेतनाको पनि विकास हुँदै जान्छ ।

त्यसैले स्याँलाखदीको लागि टिमुरखेती उपयुक्त छ सबैले जति सकिन्छ व्यवसायीक रुपमा टिमुर, कागती लगायत नगतेबालीको खेती गर्नुहोस् । पसुपालन पनि हाम्रो गाउँको लागि निकै ठूलो आयआर्जनको स्रोत हो । त्यसकारण आर्थिक मकै र गहुँ फलाएर जिन्दगी गुजार्ने मात्र काम नगर्नुहोस् । कृषिलाई आधुनिकरण गरी आयआर्जनको स्रोत बढाउनुहोस् । दुईटा बाख्रा पालेर बाख्रा पालन गर्छु नभन्नुहोस् । एउटा घरले ५० भन्दा बढि बाख्रा पालन गर्ने लक्ष राख्नुहोस् । एउटा घरले बार्षिक पाँचलाख आम्दानी गर्ने तरिकाले टिमुर कागती लगाउनुहोस् ।

जिन्दगी छोटो छ यो छोटो जिन्दगीमा धेरै काम गर्नु आवश्यक छ । यसले तपाईँहरुको पछाडीका पुस्तालाई आयस्रोतको बाटो निमार्ण गर्छ । त्यसकारण विकास सरकारले गर्देको विकास मात्रै विकास होइन तपाईँ र मैले गरेको विकास सबै भन्दा भरपर्दो हुन्छ । तपाईँको घर वरपरको अवस्था कस्तो छ ? घरवरपर के के फलाउनु भएको छ ?,घर वरपर कत्तिको सरसफलाई छ त्यो पनि एउटा विकास हो । त्यसकारण आर्थिक समृद्धमा अगाडि बढ्नुहोस् नत्र पछि दुःख पाईन्छ ।

साभारः – हरि जिज्ञासु फेसबुकबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button