पत्रकार नारायण अवस्थी लाइ धम्की: बङ्गारा फुस्काउँला’(अडियोसहित)

धनगढी: समाचारको विषयलाई लिएर कैलालीको गोदावरीका एक वडा सदस्यले पत्रकारलाई धम्काएका छन्। गोदावरीको वडा नम्बर १ का सदस्य किर्तबहादुर चन्दले दिनेशखबरकर्मी नारायण अवस्थीलाई बंगारा फुस्काइदिन्छु भन्दै धम्की दिएका हुन्।
समाचारमा चित्त नबुझे खण्डन दिनुपर्ने तथा कानुनी बाटो रोज्नुपर्नेमा वडा सदस्य चन्द भने सोझै पत्रकार अवस्थीलाई फोनमार्फत धम्की दिएका छन्। मैले समाचार त पढेको छैन, तैले कति पैसा खाएर समाचार लेखिस् त्यो भन्’ उनले फोनमा भनेका छन्, ‘सेनाको मान्छे हुँ तलाई कानून सिकाउँछु र बंगारा समेत फुस्काइदिन्छु।’
उनले अत्तरियाको सुरक्षा महिला सामुदायिक वनमा अतिक्रमण गरी टहरा बनाएको समाचार दिनेशखबर र दिनेश एफएममा सम्प्रेषण भएपछि यस्तो धम्की दिएका छन्। जबकी समाचार उनकै भनाई राखेर सम्प्रेषण भएको थियो। नारायण अवस्थी लामो समयदेखि बिभिन्न सन्चार छेत्र मा सकृय हुनुहुन्छ।सो बिसयमा अनलाइन पत्रकार यलान्स् नेपाल ले पत्रकार माथी को दमन निरङ्कुश ले लोकतान्त्रको उपहास गरेको छ र यस्तो धम्की दिने व्यक्ति लाइ कानुनि कारवाहीको दायरामा ल्याउन सरकारसँग माग समेत गरेको छ।
भिडियो को लिङ्ग तल दिइएको छ।