एनसीएफको अध्यक्षमा किरणकुमार परियार

नेपाल राष्ट्रिय मण्डली संगति नेपाल (एनसीएफ) को मंगलबार सम्पन्न ६६औँ अधिवेशनले किरणकुमार परियारलाई अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक चन्द्रमान नेपालीले जानकारी दिनुभयो।
त्यस्तै, उपाध्यक्षमा तारासिंह गुरुङ, सचिवमा ईश्वरप्रताप लामा र कोषाध्यक्षमा वीरबहादुर तामाङ निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा उदयराज भट्ट, छवी मोक्तान, पदमप्रसाद सेडाईं, महेश दोङ र बोधराज सुनुवार निर्वाचित हुनुभएको छ।


