नेपाल राष्ट्रिय मण्डली संगति (NCFN) निर्वाचन २०८३:  सेवाको अवसर कि आर्थिक कमाउ धन्दा??? ⛪

नेपाल राष्ट्रिय मण्डली संगति (NCFN) निर्वाचन २०८३:

सेवाको अवसर कि आर्थिक कमाउ धन्दा??? ⛪🗳️

नेपाल राष्ट्रिय मण्डली संगति ( NCFN) को मिति जेठ महिनामा गरिने जानकारी पाइएकाे छ तर, आगामी निर्वाचनका लागि सार्वजनिक गरिएको “निर्वाचन आचार संहिता २०८३” ले यतिबेला मण्डली वृत्तमा निकै चर्चा र बहस सिर्जना गरेको छ। विशेषगरी उम्मेदवारी मनोनयनका लागि तोकिएको भारी शुल्क र धरौटी रकम देख्दा सेवा भन्दा कमाउ धन्दा हाे भन्ने बुझिन्छ ।

के भन्छ त तिनकाे नयाँ व्यवस्थाले ? प्रस्तावित नियमावली अनुसार, अध्यक्ष पदमा उम्मेदवारी दिन चाहने व्यक्तिले दस्तुर र धरौटी गरी कुल रू ३५,००० बुझाउनुपर्नेछ। त्यसैगरी, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि कुल रू ३२,००० र एउटा सदस्य पदका लागि समेत रू २७,००० तोकिएको रहेछ ।

यस व्यवस्थामा देखिएका केही रकम असुलीका यी पक्षहरू:

१. आर्थिक : मण्डलीको नेतृत्व गर्न चाहने तर आर्थिक रूपमा सबल नभएका समर्पित अगुवाहरूका लागि यो रकम गलाकाे पासाे बन्न सक्छ। के नेतृत्व अब सेवा मात्र नभएर ‘खरिद बिक्री ‘ बनेकाे हाे ?

२. उमेदवारकाे धरौटी जफतको कडा प्रावधान: यदि कुनै उम्मेदवारले कुल खसेको मतको २५ प्रतिशत (२५%) मत प्राप्त गर्न सकेन भने उसको धरौटी रकम फिर्ता नहुने । देशकाे रावनितिक निर्वाचनहरुमा सामान्यतया प्रजातान्त्रिक अभ्यासमा १० प्रतिशतको थ्रेसहोल्ड राखिने प्रचलन हुन्छ, तर धार्मिक संस्थाकाे पदाधिकारी छनाैटमा २५ प्रतिशतको यो उच्च सीमाले नयाँ र युवा नेतृत्वलाई चुनावी मैदानमा उत्रिन निरुत्साहित गर्ने र धनिमानि, पुरानैले हैकम जमाउने देखिन्छ ।

३. फिर्ता लिने समयसीमा: निर्वाचन सुरु हुनुभन्दा मात्र १२ घण्टा अगाडि सम्म उम्मेदवारी फिर्ता लिएमा मात्र सबै रकम फिर्ता पाउने व्यवस्था गरिएको देखिन्छ। यसले उम्मेदवारहरूलाई अन्तिम समयमा निर्णय बदल्ने निकै कम समय दिएको देखियाे ।

धार्मिक संस्था मण्डली जस्तो पवित्र र सेवाभावले ओतप्रोत हुनुपर्ने संस्थामा नेतृत्व चयन प्रक्रियालाई यति धेरै खर्चिलो बनाइनु कति न्यायोचित छ ? के यसले सक्षम तर विपन्न अगुवाहरूलाई पाखा लगाउँदैन ? सेवा गर्ने क्षमता र याेग्य हुँदाहुँदै पनि आर्थिक अवस्था कमजाेर भएका ब्यक्तिलाइ पछि राखेर धनाड्यहरुले हैकम चलाउन याे याेजना छ।साभार: सामाजिक सञ्जाल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button