न्याय होइन, प्रतिशोध चलिरहेको छ!

न्याय होइन, प्रतिशोध चलिरहेको छ!

🔹सुर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा एमाले केन्द्रीय सदस्य राजीव पहारी जोगिए, तर रवि लामिछानेलाई ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग!

सुर्यदर्शन सहकारीको पैसा निकासामा एउटै Modus Operandi , तर अभियोजन पार्टी सदस्यताको आधारमा?

प्रतिशोध नै हो भन्ने स्पष्ट भयो।

🔹 कांग्रेस सांसद विनोद चौधरी संलग्न बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना तर महान्यधिवक्ता कार्यालयले गर्यो मुद्दा नचलाउने निर्णय!

भनेपछी सत्तासीनका लागि उन्मुक्ति हुने स्पष्ट भयो त !

त्यस्तै उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्य मुख्य आरोपी रहेको नेपाल बाल मन्दिरको जग्गा लिजमा लगाउँदा भएको हिनामिनासम्बन्धी मुद्दा पनि प्रहरीले डिसमिस पार्ने तयारी। !

अनी यता..

🔹 रवि लामिछानेविरुद्ध मुद्दा चलाउने सरकारी वकिलको रातारात सरुवा!

सरकारले संगठित अपराधको मुद्दा चलाउन दबाब दियो, सरकारी वकिलले ठगीमा मात्र दर्ता गरेपछि आकस्मिक सरूवा गरियो ! सरुवा स्वाभाविक हो, तर आकस्मिक सरूवा? हुदाहुदै अब सरकारी वकिलमाथी पनी प्रतिशोध?

सरकारको असन्तुष्टि छर्लंगै पोख्खियो !

अब महान्यायाधिवक्ता सरकारलाई होइन, सरकार महान्यायाधिवक्तालाई सल्लाह दिने अवस्थामा पुगेको छ!

जे होस, दुरगामी राजनिती गर्ने सरकारकारमा रहेका दलका दोस्रो पुस्ताका रूपमा परिचित वरिष्ठ नेताहरूले सुशासनका प्रवचन दिदै कसरी आँखा जुधाएर सत्य र न्यायको कुरा गर्छन्, हेर्न बाँकी छ!

तर जनताको विवेकको कसीमा यो प्रतिशोधकै खेल साबित भइसकेको छ!

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button