घर मै बसैा नयाँ नयाँ रचना गरैेा /मोती रत्न

कविता नानुकाे निश्छलता

लेखक माेती रत्न

 

मेराे नानुकाे निश्छल च्याँले गर्दा,
मामुले लामाे सास फेरिन,
बाबाकाे मुहार खुशिले फक्र्याे,
काका, काकीकाे भतिजाे,
ठुलाे बुवा, ठुली मम्मीकाे छाेराे,
बाजे, बज्यैले
मेराे नाति जन्म्याे भनी
खुशिले ढाेल पिट्न थाले।
लड्डु बाँड्न थाले!
अहाे!
कस्ताे खुशिकाे क्षण,
गुलाब, चमेली फुलजस्टै
घर नै ढक्कमक्क हुन थाले।

वाह! नानु क्या,
दम छ तिमीमा,
अाजदेखि माने मैले,
तिम्रै बयान गर्नेछु भनी ठाने मैले।
नानु तिम्राे अबाेध मुस्कानले
नानाथरिका,
किसिम-किसिमका,
शाेक, चिन्ता, फिक्री
सबै हटेर जाने।
तिम्रै भविष्यकाे कल्पनामा
म डुब्छु,
पाैडिन्छु,
टैरिन्छु।

वाह नानू!
तिमी कति ज्ञानी छाैं,
न त तिमीमा कुनै स्वार्थ,
न त कुनै जलन,
न त ईर्ष्या,
रिस,
छ त केवल
अाशाका अबाेध नानीहरु,
रेसमी कालाे परेलीहरु,
नरम-नरम हात पाउहरु,
रहर लाग्दाे,
छाेउ-छाेउ लाग्ने,
एकचाेटी अाँखी भाैंले
इसारा गरि हँसाउ लाग्ने।
तिमी कति प्रेमिलो छाैं,
कति दयालु छाै,
कति मायालु,
कन्चन पानी जस्तै,
निश्छल हावा जस्तै,
गहिराे सागरजस्तै छाैं।

नानु तिमीले
हजाराैं अामालाई,
समाजकाे छि:छि, दुर-दुरबात
हताएका छाैं।
घृणा गर्ने समाजलाई
राम्राे पाठ पढाएका छाैं।
मातृहृदयलाई फलाएका छाैं।
जलन, ईष्यालाई जलाएका छाैं।
माया ममता तिमीले पलाएका छाैं।
खाेक्राे समाजकाे नियमलाई ढलाएका छाैं।
तिमीमा दम छ,
जति व्याख्या गरे पनि कम छ।
किनकी नानु,
तिमी त,
सृष्टिकाे सुन्दर रचना हाै।
अामा बुवाकाे बँच्ना अाधार हाै।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button