परिवर्तन आफैबाट शुरुवात गर्नु पर्छ।। बिर बहादुर तामाङ

असीम खाती/ काठमाडौं

लामो समय देखि पाष्टरीय सेवामा समर्पित बिर बहादुर तामाङ राष्ट्रिय मन्डली संगती को केन्दि्य सचिव हुनुहुन्छ साथै जनजागरण पार्टी नेपाल को कोषाध्यक्ष समेत हुनुहुन्थ्यो लामो समयदेखि सामाजिक सेवामा समेत सगलग्न बिर बहादुर तामाङले आज देखि राजनीतिक दलको केन्द्रीय कोषाध्यक्ष पदबाट राजीनामा दिएका छन्। पार्टीको पदकालागि मरिहत्ते गर्ने सबैका लागि बाटो खुल्ला गर्न आफै बाट सुरुवात गरेको कुरा आज एक पत्रकार सम्मेलन मार्फत सबैलाई बताउनुभयो।

अब हामी सबैले पद प्रतिष्ठाको मोह अहम छोडी मिलेर अगाडि बढन सबै राजनीतिक दल समाजसेवी लगायतका पास्टर अगुवा हरुलाई आव्हान समेत गर्नुभएको छ।स साना राजनिति दलहरु मिलेर अगाडि बढन र बढाउन सबै का लागि ढोका खुल्ला रहेको र इसाई समुदायबाट प्रतिनिधित्व गर्ने आडमा राजनीति नगर्न समेत आग्रह गरेका छन्। अब राजनीतिक समन्वय समिति मार्फत सबैलाई राजनीतिक चेतना जगाउन सबै पार्टी पंक्ति लाइ एकजुट गराउन आफु लागिपरेको समेत बिर बहादुर तामाङ बताउनुहुन्छ। सोही क्रममा आउने मंगलबार कार्तिक ९गते ऐक बिसेस सबा राखी संयुक्त राजनीतिक सम्मेलन गर्ने तयारी भइरहेको हुँदा राजनीतिमा चासो राख्ने सम्पुर्ण गुरुजनहरु दाजुभाई दिदी बहिनी हरु लाई समेत निमन्त्रणा गरेको बताउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button