सुदूरपश्चिम प्रदेश समिति सचिव क. राजेन्द्रसिंह रावलमाथि अभद्र व्यवहारसहित हातपात

भुवन भट्ट/कैलाली

नेकपा एमालेको निर्णय एवम निर्देशन अनुसार आफ्नो पार्टीबाट निर्वाचित प्रदेश सभाका सदस्यहरू तथा प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई सोमबार बेलुकी पत्र पुर्‍याउन गएका नेकपा एमाले सुदूरपश्चिम प्रदेश समिति सचिव क. राजेन्द्रसिंह रावलमाथि अभद्र व्यवहारसहित हातपात गरेको घटनाप्रति नेपाल खेलकुद महासङ्घ कैलालीको गम्भीर ध्यानाकर्षण भएको छ । माननीय मुख्यमन्त्री त्रिलोचन भट्टले लिने भनिएको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टीको निर्देशनात्मक पत्र बुझाउन गएका क.राजेन्द्र सिंह रावलमाथि आफ्नो व्यक्तिगत स्वार्थ र चरम सत्तालिप्साको पराकाष्ठा प्रदर्शन गर्ने प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीको उक्त कार्यको घोर निन्दा गर्दछौं । पार्टीको नीति,निर्णय र निर्देशन नमान्ने र न्युनतम मानवीय मुल्यपनि हराएका अराजकता मच्चाउने मन्त्रीलाई तुरुन्तै मन्त्री पदको लाज बचाउन निजको बर्खास्तीको लागि मा.मुख्यमन्त्रीज्यूलाई एवम अन्य कानुनी कारबाहीको नेपाल सरकार सङ्ग जोडदार माग गरी  नेपाल खेलकुद महासङ्घ,कैलालीका  अध्यक्ष  चन्द्रबहादुर बिष्ट ज्यु ले  प्रेस विज्ञप्ति मार्फत आवहान गर्नु भएको छ

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button