उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ सफलताका साथ सम्पन्न

धनराज घिमिरे
काठमाडौं २०२९ चैत्र २६उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ काठमाडौंको भृकुटीमण्डपमा उपत्यकाका तीनै जिल्लाका करिब २०,००० जना ख्रीष्टका विश्वासीहरुको सहभागितामा एक वृहत तथा विसाल कार्यक्रम गरी प्रभु येशू ख्रीष्टको बौरी उठाईको खुशियालीमा परमेश्वरको महिमा गर्दै सम्पन्न भएको छ ।
उपत्यकाका तीनै जिल्ला, ललितपुर, काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट निश्किएको शान्तिपद यात्रा (र्याली) ले काठमाडौं इस्टरमय बानाइएको थियो जसमा हजारौंको संख्यामा ख्रीष्ट विश्वासीजनहरुले भजन, कोरसहरु गाउँदै प्रभु येशू ख्रीष्टको बौरीउठाईको घोषणा गर्दै परमेश्वरको महिमा गर्नुभएको थियो ।
सो र्यालीहरु काठमाडौंको भृकुटीमण्डपको खुला मैदानमा एक विशास जनसागारमा परिणत भएको थियो । कार्यक्रमलाई विभन्न राष्ट्रिय टेलिभिजन, सामाजिक सञ्जालहरुबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।
कार्यक्रममा परमेश्वरको महिमा गर्दै आराधनामा मानिसहरु परमेश्वरमा मग्न हुनका साथै परमेश्वरलाई धन्यवाद दिइरहनुभएको थियो । उहाँले आफ्नो एक मात्र पुत्रलाई सारा मानिस जातिको पाप उठाई लानका लागि बलिदान हुनलाई दिनुभएको थियो र तेश्रो दिनमा पुनरुत्थान हुनुभई मृत्युलाई जीति अन्धकारको शक्तिलाई पराजय गर्नु भएको थियो ।
परमेश्वरको वचनबाट रेभ.हनोक तामाङज्यूले सबैलाई उत्साहित पार्नुभएको थियो भने पाष्टर डा.मंगलमान महर्जन र पा.तेज रोक्काज्यूले इस्टरको शुभकामना मन्तब्य राख्नु भएको थियो । त्यसै गरी विभिन्न मण्डलीबाट जातजातिका गीत, नृत्यका साथै wheel chair नृत्यले सबैको ध्यान मग्न बनाइएको थियो । गाइएका गीत तथा नृत्यमा सहभागिहरु पनि हर्षित हुँदै आ–आफ्नौ स्थानमा नाच्दै परमेश्वरको महिमा गर्नुभएको थियो ।
कार्यक्रममा सयौंको संख्यामा मानिसहरुले रक्तदान गर्नुभएको थियो भने विभिन्न मण्डलीहरुबाट खानेपानी, स्ंवयम सेवक सेविका, फोहरमैला व्यवस्थापनका साथै आर्थिक भेटी दिनुभएर साथ कार्यक्रमलाई सफल बनाउनुभएको थियो ।
उपत्यकाव्यापी पुनरुत्थान महोत्सव २०२३ ले नेपाली ख्रीष्टियनहरु विभाजित छैन र परमेश्वरको महिमाका लागि एकढिक्का छ भन्ने सन्देश दिएको कुरा विभिन्न मण्डलीका पाष्टर तथा अगुवाहरुले बनाउनुभएको थियो । आयोजक समितिका सचिव पा.प्रेम महर्जनज्यूले कार्यक्रमलाई कुशलताका साथ सञ्चालन गर्नुभएको थियो भने अर्का सचिव पा.धनराज घिमिरेज्यूले कार्यक्रम सफल बनाउन विभिन्न भूमिका निभाउनुहुने सम्पूर्ण व्यक्तित्वहरुलाई ह्दय देखि नै धन्यवाद दिनुभएको थियो । कार्यक्रमबाट परमेश्वरको महिमा भएको विश्वास व्यक्त गर्दै आयोजक समितिका अध्यक्ष रेभ.हरि प्रधानज्यूले अर्को वर्ष भेट्ने विश्वास व्यक्त गर्दै उहाँले गर्नुभएको अन्तिम प्रार्थनाद्वारा कार्यक्रम समापन भएको थियो ।