आफूसँग केही नहुदा पनि सबैथोक जित्न सकिन्छ

टुहुरो देखि करोडपतीसम्म — रामचन्द्र तिमोथी

टुहुरो देखि करोडपतीसम्म —  सानैमा बुवा गुमाए । बुवाको देहान्त पछी आमाले पनि छोडेर गइन । उनि एक्लो टुहुरो बने । जानको लागि कहीँ थिएन, खानको लागी केही थिएन । तर उनले हार मानेन, उनि हिन्दु परिवारका थिए यद्यपी एउटा चर्चमा उनले साहरा पाए । त्यहीँ खाने बस्ने र पढ्ने व्यवस्था पनि भयो । तर फरक धर्ममा गएको आरोपमा आफन्तले छि: छि: र दुर दुर गर्न थाले । उनि आफ्नो पढाई खर्च जोहो गर्न गाडी मर्मत गर्ने वर्कसपमा दैनिक ज्यालादारी मजदुरका रूपमा काम गर्न सुरु गरे । जहाँ दैनिक २० रुपैया ज्याला पाउथे । यसरी मेहेनत गर्दै उनले एसएलसी पास गरे ।

त्यसपछि आफ्नै मामाको पुस्तक पसलमा काम गर्न सुरु गरे । त्यही काम गर्दै बिकम उत्तीर्ण गरे । मामा विदेश जाने भए पछि उनले पुस्तक पसल भान्जाकै जिम्मा दिए । उनले भारतमा क्षत्रवृतिमा पढ्न जाँदा त्यहाका ठूला पुस्तक प्रकाशन गृहमा काम गर्दा थप अनुभव बटुल्न पाए । त्यहाबाट फर्केर आए पछि उनले थापाथलीमा एकता बुक्स सुरु गरे । यसरी सुरु भएको एकता बुक्सले देशभर प्रख्याती पाउन थाल्यो । आफैले किताब छाप्न थाले । यसरी सापट लिएर सुरु भएको किताब यात्राले उनलाई करोडौको कारोबारसम्म पुर्यायो ।

यसरी रामचन्द्र तिमोथीले सफलताको एउटा महत्वपूर्ण पाठ सिकाए कि — आफूसँग केही नहुदा पनि सबैथोक जित्न सकिन्छ । बस, निरन्तरता दिने आँट र हिम्मत चाहिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button