सुन्दैछु पुरानै सरकार  नयॉ भएर आको छ रे..

 

डा.मायालु खड्का /काठमाडौं जेठ ३

डा.मायालु खड्का

 

सुन्दैछु पुरानै सरकार

नयॉ भएर आको छ रे

सुन्दैछु अब कसैलाई पनि

मर्न नदिने कसम खाको छरे

सुन्दैछु अब ज जसलाई

जे जे चाहिन्छ

त्यही त्यही दिने भाको छरे

सुन्दैछु अब कोही पनि

नमर्ने ओखती ल्याको छरे

सुन्दैछु अब

रेल पनि घरघरै आउने रे

तेल पनि घरघरै आउने रे

जेल पनि घरघरै बनाउने रे

खेल पनि घरघरै खेल्ने रे

ग्यॉस पनि घरघरमै आउने रे

गास बास पनि सबैले पाउने रे

सुन्दैछु अब

भोकै कोही पनि रहन्न रे

नागैं कोही पनि हुन्न रे

अक्सीजन नपाएर

कोही पनि मर्दैन रे

अस्पतालको बेड नपाएर

कोही पनि घर फर्किदैन रे

सुन्दैछु अब

राहत मान्छेको हातहातमै आउछ रे

आहत मान्छेको साथसाथमै हुन्छ रे

सुन्दैछु अब कसैले रूनु पर्दैन रे

सुन्दैछु अब कसैले छट्पटिनु पर्दैन रे

हेरौं कतिको

नयॉ भएर आको रहेछ सरकार

हेरौ कतिको

परिवर्तन भाको रहेछ सरकार।

सुन्दैछु अब

ज जसलाई जे जे चाहिन्छ

त्यही त्यही दिने भाको छ रे

सुन्दैछु अब सरकार

नयॉ जोश र होशका साथ आको छ रे।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button