ईन्द्रेणी ग्यारेजले निशुल्क अहिले दैनिक २५० भन्दा बढी खाना वितरण

काठमाडौं ३० जेठ

ईन्द्रेणी मोटर तथा फुड ग्यारेजले निशुल्क खाना वितरण गरेको आज १७औ दिन भएको छ । शुरुमा १०० जना बाट निशुल्क खाना वितरण गरिएको ग्यारेजले अहिले दैनिक २५० भन्दा बढी खाना वितरण गरिरहेको संचालक उज्ज्वल ठकुरीले जानकारी दिएको छ।

शुरुमा आफ्नै खर्चमा शुरु गरिएको सेवामा अहिले केहि सहयोगी हातहरु पनि जोडिएको बताउनुभएको छ । ग्यारेजले गाडीमा राखेर बालाजु ,स्वयम्भू , ट्र्मा सेन्टर , छाउनि लगायत काठमाडौंको विभिन्न स्थानमा निशुल्क खाना वितरण गर्दै आईरहेको छ। अब सामाजिक सेवामा योगदान दिन ठकुरीले ईन्द्रेणी सामाजिक संस्था दर्ता गरि बिधिबत रुपमा अगाडी आउने योजना रहेको बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button